लेखनाथ १७ जेठ । विश्व थाइराइड दिवसको अवसर पारेर हेलो हेल्थ क्लिनिक पोखरा–२६, बुढिबजारले निःशुल्क थाइराइड परीक्षण तथा स्वास्थ्य सम्वन्धी जनचेतना शिविर सफलता पूर्वक सम्पन्न गरेको छ ।
विशेष गरि थाइराइड रोगका बारेमा जनचेतना फैलाउने र रोग लाग्न नदिने उपायका वारेमा समुदाय स्तरमा सचेतना फैलाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।
शिविरमा र्दइ सय भन्दा बढी सहभागीहरूले सेवा लिएका थिए। सहभागीहरूका लागि त्क्ज्, त्घ र त्द्ध लगायतका थाइराइड परीक्षणहरू निःशुल्क गरिएको थियो भने सहभागीहरूलाई चिकित्सकहरूसँग निःशुल्क परामर्श प्रदान गरिएको थियो । यसैगरि सिविरमा अन्य रक्त परीक्षण सिविसी सुगर, लिपिड प्रोफाइल आदिमा ४० प्रतिशत छुट प्रदान गरिएको थियो ।
शिविरमा परिवार स्वास्थ्य विशेषज्ञ डा. विष्णु भण्डारीको उपस्थितिमा सहभागीहरूलाई स्वास्थ्य सम्बन्धी सचेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको वताईएको छ ।
कार्यक्रममा हेलो हेल्थ क्लिनिकका अध्यक्ष मदन बरालले क्लिनिकको स्थापना र उद्देश्यका साथै उपलब्ध सेवाका वारेमा जानकारी गराएका थिए । क्लिनिक आज पनि सस्तो, गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै उहाँले क्लिनिकद्वारा वर्षौंदेखि प्रदान गरिँदै आएको “हेलो होमकेयर सेवा” को चर्चा गरे । जस अन्तर्गत आवश्यक व्यक्तिहरूलाई घरमै अस्पतालद सरहको सेवा प्रदान गरिने वताएका थिए ।
कार्यक्रममा हेलो हेल्थ क्लिनिकका संस्थापक कृष्णप्रसाद बरालले क्लिनिकको सुरुआतदेखि हालसम्मका सेवाहरू, समुदायमा पु¥याइएको स्वास्थ्य सेवाको महत्व र निरन्तर सेवा प्रवाहबारका वारे आफ्ना अनुभव सुनाएका थिए ।
हेलो हेल्थ क्लिनिकले यस्ता स्वास्थ्य केन्द्रित कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको र प्रत्येक महिनामा विभिन्न स्थानमा जनचेतना मूलक शिविरहरू सञ्चालन गरी नियमित स्वास्थ्य परीक्षणको आवश्यकता र निवारणमुखी स्वास्थ्य सेवाको महत्वमा जोड दिइँदै आएको छ ।







Discussion about this post