• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Lekhnath Khabar by Lekhnath Khabar
May 18, 2025
in समाचार, समाज
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ४ जेठ

पोखरा महानगरपालिका वडा नं. २६ को नयाँ भवनको आइतबार एक कार्यक्रमका विच शिलान्यास भएको छ । मद्दतको पाटनमा निर्माण हुने भवनको वडाध्यक्ष नरेन्द्र थापाले शिलान्यास गर्नुभयो । वडा भवनको शिलान्यास गर्दै, अध्यक्ष थापाले नयाँ बन्ने भवन सेवाग्राही मैत्री हुने बताउनु भयो ।

भवन सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर फरक डिजाईनमा निर्माण गर्न लागिएको बताउँदै, अध्यक्ष थापाले एकद्धार प्रणालीबाट सेवा प्रवाह हुने उल्लेख गर्नु भयो । वडाको अहिले कार्यालय रहेको भवन साँघुरो र वडावासीका लागि पायक नपरेकाले भौगोलिक हिसावले सवैको केन्द्रमा वडावासीलाई सहज हुनेगरी भवन निर्माण गर्न लागिएको बताउनु भयो ।

प्रशासनिक सहित स्वास्थ्य, कृषि र पशुका कार्यालय समेत एक स्थानमा राख्ने गरी डिपिआर तयार गरिएको छ। सवै भवन निर्माणका लागि लागत १४ करोड भन्दा बढी छ तर अहिले साढे तीन करोडको लागतमा प्रशासनिक भवन मात्र निर्माण गर्न लागिएको हो” अध्यक्ष थापाले भन्नु भयो।

थापाले वडाको विकासका लागि सबैभन्दा माथि उठेर सहकार्य गर्न सवै पक्षलाई आग्रह गर्नुभयो । उहाँले राजनितिमा फरक फरक आस्था राख्ने भए पनि विकासका मुद्दामा एक हुन जोड दिनु भयो ।

पोखरा महानगरपालिका वडा नं २६ का पूर्वाधार महाशाखा प्रमुख बरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डेले निर्माण व्यवसायीले निर्धारित समय भन्दा अगावै भवन सम्पन्न गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्नु भयो । उहाँले वडा नं २६ को भवनको डिजाईन अन्य वडाको भन्दा फरक भएको उल्लेख गर्दै, जनप्रतिनिधि र कर्मचारीहरु एकै च्याम्बरमा बसेर कार्यसम्पादन हुने बताउनु भयो ।

वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतमा भएको भवन शिलान्यास समारोहमा नेपाली कांग्रेस वडा इकाई सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले वडा नं. २६ का पार्टी अध्यक्ष मनोहरी ढुंगाना, माओवादी केन्द्रका मेघराज भण्डारी, राप्रपाका वडा समिति अध्यक्ष टिकाराम अधिकारी, शिक्षाविद् रविप्रसाद बराल, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, समाजसेवी चन्द्रबहादुर रानाभाट, हेममोहन भट्टराई, स्याङजाली तमु समाजका पुर्व अध्यक्ष मोहन गुरुङ लगायतले निर्धारित समयमा भवन सम्पन्न गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य तिर्थबहादुर राजभाट, धन्यवाद ज्ञापन वडा सदस्य सुजता बराल सुनार र संचालन सूचना अधिकारी नवराज सापकोटाले गर्नु भएको थियो । ५ करोड १५ लाख ४७ हजार १ सय १९ रुपैया ५५ पैसा लागत अनुमान रहेको भवन ज्ञान विल्डर्स कम्पनी प्रा.लि ले ३ करोड ५२ लाख ३६ हजार ४१ रुपैया २१ पैसामा ठेक्का प्राप्त गरेको छ । कम्पनीले बैशाख ३ गते देखी कार्य प्रारंभ गरी २०८३ साल असार १५ मा भवन सम्पन्न गर्ने गरी महानगरसँग संझौता गरेको छ ।

Previous Post

भेला आयोजक कमिटिका संयोजक रिक वहादुर गुरुङ

Next Post

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी
समाचार

पोखरा २६ मा डिजिटल प्रविधि तालिम समापन र विद्यार्थीले तयार पारेका रोवटिक्स प्रदर्शनी

गणित शिक्षकले लिए तालिम
समाचार

गणित शिक्षकले लिए तालिम

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम
समाचार

प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा प्रतिवेदन लेखन तालिम

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण
समाचार

पोखरा–२६ द्धारा कृषकहरुका लागि कृर्षि औजार वितरण

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका
समाचार

जातीय विभेद अन्त्यका लागि सबै समुदायको उत्तिकै भूमिका

Next Post
पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

पोखरा २६ को नयाँ भवनको शिलान्यास, सेवाग्राही मैत्री बन्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?