लेखनाथ, ३ जेठ – पोखरा महानगरपालिका वडा नं २६ मा चोरी गर्ने लाई चोरी भएको सुन र चाँदीका गरगहनासहित ५ जना लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
पक्राउ परि सार्वजनिक हुनेमा स्याङ्जा कोल्माकोट सुनचाँदी पसल रामबजारका सञ्चालक दुर्गाबहादुर थापा, कट्टपा भन्ने सुवास विक, विमल विक, गणेश सुनार र सुरेश विक पक्राउ परेका हुन् । उनीहरु बाट १२ ताेला ८ लाल सुन र २४ ताेला चाँदीका गहना गरगहना बरामद गरिएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरु विरुद्ध पोखराको विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । अन्य केही जाहेरी आउने क्रम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका सुवास विकले चोरी गर्न प्रयोग गरेको ग २२ प ४९८९ नम्बरको मोटरसाइकल समेत चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै ग २१ प ६७५३ नम्बरको स्कुटर समेत चोरीको लागि प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले पोखराको ९ स्थान र तनहुँको ३ स्थानमा चोरी गरेको प्रारम्भिक बयान दिएका छन् ।







Discussion about this post