• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home मनोरञ्जन

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

Ramsharan Nepali by Ramsharan Nepali
May 7, 2025
in मनोरञ्जन, समाचार
0
0
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् ।

ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुङ्गामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् । नेत्र अर्यालको शब्द रहने यो गीत तिज बिशेष हुने बताईएको छ ।

‘म त ढलेढले, सुर्ती माड्दा माड्दै, अरेली काडैले, कट्टा हान्दिन्छु, नमस्ते ढोगदिया, मायालाई पानको पात, मायाले आखै नलाउने, सोचे झैँ जिन्दगी रैनछ’ जस्ता सुपरहिट गीतमा संगीत र स्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरु ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

२÷३ वटा चलचित्रमा खेम सेन्चुरीको गीत आउन सक्ने देखिएपनि भदौ १२ मा रिलिज हुने भनिएको कोशेढुङ्गा खेमको पहिलो चलचित्र बनेको छ । नेपाली चलचित्रमा लोक लयको एउटा मात्र भए पनि गीत राख्नु पर्नेमा जोड दिँदै चलचित्र कोशेढुङ्गाका मुख्य सल्लाहकार निदेश अधिकारीले कोशेढुङ्गा नेपाली माटो सुहाउँदो चलचित्र बन्ने बताएका छन् ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् ।आर्यन सिग्देल, सुरक्षा पन्त, निति शाह, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाई, मन्जिल कुमार चलचित्रमा मुख्य कलाकारका रुपमा रहने छन् ।

बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन तथा रिदम कँडेल र आषिश अविरलको संगीत रहने यो चलचित्रको अन्तर्राष्ट्रिय र डिजिटल राईट सेभेन सिज इन्टरनेशनलले खरिद गरिसकेको छ ।

Previous Post

गण्डकी कोटीहोममा बिहीबार हास्यकलाकार, महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिका आउने

Next Post

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?