• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

गण्डकी कोटीहोममा बिहीबार हास्यकलाकार, महिला रेस्लरदेखि राष्ट्रकै चर्चित लोकगायक गायिका आउने

Ramsharan Nepali by Ramsharan Nepali
May 7, 2025
in धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल को भजन प्रस्तुति तथा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् ।

ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्धमा १ सय ५० जनाले सामुहिक ब्रतबन्ध गरेका छन्। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्ने समेत जानकारी गराएका छन्।
बुधबारमात्रै, उत्कृष्ट दानवीरको रूपमा सङ्कल्प आमा समूहले १ लाख ९ हजार रुपैयाँ, जनजागृति आमा समूहसहित अन्य व्यक्तिहरूले दान गरेका छन्।

त्यस्तै, भोली २५ गते बिहीबार, एकादशी पर्वको अवसरमा अन्नदान कार्यक्रम आयोजना हुँदैछ।

यस्तै कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।

यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको र बुधबार १० समुह प्रतिस्पर्धा गराइएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।

वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ । सो कोटीहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

Previous Post

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

Next Post

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?