लेखनाथ, १८ बैशाख । पोखरा महानगरपालिका वडा नं २७ मा रहेको लक्ष्मी आदर्श माविको विद्यालय ब्यवस्थापन समितिको वैठकले अध्यक्षमा शिक्षा समितिका सदस्य तथा पुर्व शिक्षक चतुराखर अधिकारीलाई चयन गरेको छ ।
शिक्षा नियमावली परिच्छेद ५ को बुदा नं २९ को १(ङ) अनुसार अधिकारीलाई सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन गरिएको विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले जानकारी दिएका छन् ।
सोही विद्यालयका पुर्व शिक्षक समेत रहेका सामाजिक ब्यत्तित्व अधिकारी लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष र कामना सेवा विकास बैंकमा समेत कुशलता पुर्वक अध्यक्ष पद सम्हाल्दै विभिन्न सामाजिक संघ सस्थाहरुमा आवद्ध रहेका छन् ।
पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङको विशेष उपस्थिती र पुर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको वैठकले अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको हो ।
समितिको सदस्यहरुमा शान्ति देवी सुवेदी, धनश्याम वराल, पुष्पराज भटराई, वडाअध्यक्ष पुर्ण कुमार गुरुङ, हरिप्रसाद सापकोटा (शिक्षक प्रतिनिधी), हेमराज आचार्य, लक्ष्मण वाँस्तोला र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी रहेका छन् ।







Discussion about this post