• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र

इरान, भारत र नेपालका गण्डकी लगायत ३ विभागीय टीम सहभागी हुने

Ramsharan Nepali by Ramsharan Nepali
April 27, 2025
in समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ वैशाख ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा हुने ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ को तयारी तीव्र पारिएको छ ।

यही वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने च्याम्पियनशीपको तयारी ९० प्रतिशत पूरा भइसकेको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । पोखरामा पहिलो पटक इन्डोर हलमा अन्तर्राष्ट्रिय स्तरको भलिबल हुन लागेको हो । च्याम्पियनशीपमा छ वटा टीमको सहभागिता रहनेछ ।

विदेशका टीमहरु इरान र भारतको सहभागिता रहनेछ भने गण्डकी प्रदेश टोली र नेपालका तीन विभागीय टोलीहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब प्रतियोगितामा सहभागी हुँदैछन् ।

इरानी भलिबल टोलीका केही सदस्यहरू पोखरा आइसकेको गभर्नर अर्यालले जानकारी दिए । प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले १ लाख ४४ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही ८ हजार ४ सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ ।

लायन्स क्लबको स्थापना अन्तर्राष्ट्रियस्तरमा १०७ वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको परिप्रेक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर अर्यालले जानकारी दिए ।

प्रतियोगिता सम्पन्नार्थ नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश खेलकुद परिषद्, पोखरा पर्यटन परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला भलिबल संघ र टाइगर कप भलिबल आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपाल लगायतका संस्थाहरूले सहकार्य गरेका छन् ।

क्लबले पोखरामा गत चैत १४ गते र काठमाण्डौमा चैत १८ गते पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइसकेको छ ।

Previous Post

लेखनाथ सामुदायिक सेवा केन्द्रद्धारा जेष्ठ नागरीकलाई भोजन कार्यक्रम

Next Post

पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, साँझ दीप प्रज्ज्वलन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, साँझ दीप प्रज्ज्वलन

पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, साँझ दीप प्रज्ज्वलन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?