लेखनाथ, १२ फागुन । कालिका बोर्डिङ स्कुल पोखरा–२८ कालिकाको ३१औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका पुर्व मेयर मान बहादुर जिसीले कालिका बोर्डिङ स्कुल.२८ नं. वडाको गहना भएको वताउँदै यसलाई प्राविधिक शिक्षालयको रुपमा विकास गराउनुपर्नेमा जोड दिएका छन । जिसीले विद्यालको भौतिक विकाससँगै शिक्षाको गुणस्तर वृद्धिको लागी आफ्नो सदैव साथ सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त अवसरमा नेपाली काँग्रेस कास्कीका पुर्वसभापति कृष्ण केसीले संस्कार सहितको ब्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै यस्तो शिक्षा विद्यालय तहबाटै प्रदान गरि देश हाँक्ने जनशक्ति निर्माणमा गर्नुपर्नेमा जोड दिएका थिए ।
मादी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष हुमनाथ अधिकारीले साविक कालिका गाविस रहेकै अवस्थादेखी विद्यालयप्रति आफुले चासो र सरोकार राख्दै आएको वताउँदै आगामी दिनहरमा पनि विद्यालयलाई आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै निजी तथा संस्थागत विद्यालयहरुको छाता संगठन युनिप्स नेपालका अध्यक्ष विश्वराज आचार्यले शहर बजारमै विद्यार्थी पठाउने प्रवृति अभिभावकहरुमा देखीएको वताउँदै यसले विद्यार्थीहरुको पढाई लगायतका कुराहरुमा नकारात्मक असर पर्नेतर्फ सचेत हुनुपर्ने वताएका थिए । उनले युनिप्सका हरेक कार्यक्रमहरुमा समेत कालिका बोर्डिङ स्कुलले उत्कृष्टता हासिल गर्दै आईरहेकोमा प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक एवं पोखरा महानगरपालिका वडा नं. २७ का वडा सदस्य विरेन्द्र भण्डारी, सामाजीक व्यक्तिहरुको तर्फबाट विकल पौडेल, जनज्योती माविका प्रधानाध्यापक रुद्ध बहादुर थापा,अभिभावकहरुको तर्फबाट राधाकृष्ण तिवारी लगायतले बोलेका थिए ।
उक्त अवसरमा शैक्षिक सत्र २०७९\८० मा शैक्षिक एव. अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरले विविध साँस्कृतिक कार्यक्रमहरु सहितको मनोरञ्जनात्मक प्रस्तुती प्रदृशन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल राजेश भण्डारीले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत विद्यार्थी छात्रा शुभेच्छा तिवारीले गरेक िथिईन भने कार्यक्रमको सञ्चालन भाईस प्रिन्सिपल खगेन्द्र भण्डारीले गरेका थिए ।
Discussion about this post