• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २० औ साधारण सभा सम्पन्न

राज्यले गर्नु पर्ने दायित्व उपभोक्ता संस्थाले गरेको छ-पूर्व मुख्यमन्त्रीः खगराज अधिकारी

Ramsharan Nepali by Ramsharan Nepali
February 16, 2025
in समाचार, स्थानीय
0
0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ३ फाल्गुण ।

गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्री एव. कार्यक्रमका प्रमुख खगराज अधिकारीले राज्यले गर्नु पर्ने दायित्व लेखनाथ खानेपानी उपभोक्ता संस्थाले गरेको बताए ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २० औ बार्षिक साधारण सभाको मादी गाउँपालिका वडा नंं ७ को गिउजे खोला मुहानमा शनिवार लालुपातेको फुल रोपी उद्धघाटन गर्दे सो कुरा बताएका हुन् ।

अधिकारीले १७ हजार भन्दा बढि उपभोक्ताले वि.स. २०५८ सालमा संस्था स्थापनागरी गाउँबाट शहर, शहरबाट महानगर बनाउदै लेखनाथ बासीलाई दिर्घकालिन योजनकासाथ बर्तमान अवस्थासम्म शुद्ध खानेपानी वितरण गरेको बताउदै ‘ स्वस्थ्य खानेपानी सबैले उपभोग गरौ‘ भन्ने उद्देश्यका साथ अगाडी बढेको संस्थाले बातावरण अनुकुलको जलवायु अनुकुलको घरघरमा पानी सभ्यताको निशानी, आफ्नो घर आँगन टोल आफै सफा गरौ भन्ने नाराका साथ अगाडी बढेको बताए ।

उनले स्रोत र साधनको उपभोक्ताले नै उचित संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको बताउदै पानी हाम्रो जीवन हो । पानीको मुल कसैको हुँदैन मुल हाम्रो हो भन्ने मान्यताका साथ अगाडी बढ्न सवै उपभोक्तालाई आग्रह गर्दे विकासलाई कसैले अवरोध नगर्न सुझाव दिए । सिङ्गो लेखनाथ बासी मिलेर आगामी दिनमा मिनिलर वाटर कम्पनी बनाउन सल्लाह दिदै खानेपानीको मुहान जानेबाटोलाई सुविधा सम्पन्न गर्न प्रदेश सरकार लागि परेको बताए ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले उपभोक्ताको माझमा बर्तमान अवस्थामा सरकारको सह लगानीमा निर्माण भएको संस्थाले नेपाल भरीको सवै भन्दा उत्कृष्ट स्वास्थ पिउने पानी भएको र आइ एस ओ समते प्राप्त गरिसकेकाले आम उपभोक्तालाई निरर्धक भएर स्वस्थ्य पानी पिउन सुझाव दिदै विकासका नाममा विनाशकारी कार्यले वर्तमान अवस्थामा सडक निर्माणको कार्यले संस्थाको आर्थिक र जनजीवनमा प्रभावित पारेकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिदै उनले जनताका समस्या जनताले गर्ने बताउदै संस्थालाई अघि बढाउनुपर्ने धारणा राख्दै खानेपानी उपभोग गर्ने जनसंख्या ८८ हजार ६ सय ५ लेखनाथवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको बताए ।

नेपाल खानेपानी महासंघका अध्यक्ष खेमराज ओलीले पानी पहिलो मौलीक अधिकार भएकाले प्रकृति, प्राणी र पानी सवैको भएकाले सामाजिक दायित्व बोकेर सेवा मुलक संस्थामा पनि सरकराले कर र भ्याट लाएको बताए ।

संघीय खानेपानी कार्यालयका कार्यवाहक प्रमुख कुलप्रसाद पौडेलले लेखनाथमा घरधुरी सख्ंया र जनसंख्याको चाप दैनिक रुपमा बढ्दै गएको बताउदै स्रोत संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको पनि बताए ।

आगामी दिनमा परिकल्पना गरेको भन्दा बढि सेवा क्षेत्रको विस्तार गरी नयाँ सम्भावनाको खोजी गर्न आग्रह गर्दै देशभरीको उत्कृष्ट स्वास्थ्य पानीको इन्टरनेशनल सर्टिफिकेट प्राप्त गरि सकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका भक्त तिवारी, नेकपा एमालेका रमेश रानाभाट, माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने, मादी ७ का अध्यक्ष दुर्गाबहादुर गुरुङ, लेखनाथ खानेपानी उपभोक्ता संस्था समितिका पूर्व अध्यक्ष विष्णु बराल, बोधराज लामिछाने, गगनगौडा खानेपानी संस्थाका अध्यक्ष राजु खत्री, सञ्चालक समितिका सदस्य सूर्यनाथ भण्डारी, वडा नंं ३० का वडा सदस्य विनोद प्रसाद लामिछाने, उपभोक्ता संस्थाका सदस्य शारदा लामिछाने, ठाकुर प्रसाद ढुंगाना लगायतले पानीको महत्वको बारेमा बोलेका थिए ।

कार्यक्रममा कार्यालयका ईन्जिनियर रमेश गिरी, लेखा अधिकृत विश्वराज लामिछानेलाई प्रमुख अतिथि बाट सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमम सञ्चालन सचिव नारायणी भट्टराई (रक्षा) ले गरेकी थिइन् ।

Previous Post

महाशिवरात्रीको अवसरमा पुम्दिकोटमा महायज्ञ, तयारी तिव्र

Next Post

पोखरा भ्रमण वर्ष प्रवर्द्धनका लागि संजिव फिल्म्सको नि:शुल्क सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पोखरा भ्रमण वर्ष प्रवर्द्धनका लागि संजिव फिल्म्सको नि:शुल्क सहयोग

पोखरा भ्रमण वर्ष प्रवर्द्धनका लागि संजिव फिल्म्सको नि:शुल्क सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?