• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

लेखनाथको बृहत हाजिरीजवाफमा डायमण्ड प्रथम

Ramsharan Nepali by Ramsharan Nepali
February 15, 2025
in समाचार, स्थानीय
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २ फागुन । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले पोखरा र आसपासका विद्यालयहरुलाई समेटेर बृहत शैक्षिक प्रदर्शनी र हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।

विद्यालयहरुका बीच शैक्षिक सहकार्य वढाउने र विद्यार्थीहरुको प्रतिभा प्रदर्शनको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने गरि दुई दिने शौक्षीक कार्यक्रम अन्तरगत शुक्रवार राखिएको मावि स्तरीय बृहत हाजिरी जवाफ प्रतियोगितामा डायमण्ड माविले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा सहभागी १२ बिद्यालय मध्यबाट प्रथम हुन सफल डायमण्ड माविले १० हजार,द्धितिय लक्ष्मी आदर्श माविले सात हजार,तृतीय जनप्रकाश माविले पाँच हजार र सान्त्वना ब्रहमारुपा मावि तिन हजार नगद पुरस्कार हात पारेका छन् ।

यस पुर्व कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले विद्यार्थीहरुले विज्ञान,प्रविधी,वातावरण,कृषि,सामाजिक,भाषा र सस्कृतीका वारेमा जानकारी पाउन सक्ने विश्वास दिलाएका थिए । साथै वडाअध्यक्ष गुरुङले वडाको लगानीमा लक्ष्मी आदर्श माविमा पाँचवटा विधामा प्राविधिक शिक्षाको पढाई संचालन गर्दै आएको वताउदै आगामी दिनमा कितावी ज्ञानको साथमा सिपमुलक शिक्षालाई प्रथामिकता दिनु पर्ने अवस्था आएको वताए ।

लक्ष्मी आदर्श मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति वडा नं २७ का सदस्य चतुराखर अधिकारी,यम वहादुर रोक्का,शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमरकटेल,विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी र शिक्षीका कोपिता धिताल लगाएतले कार्यक्रमको उदेस्य र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

यसैविच दोस्रो दिनको कार्यक्रम अन्तरगत शनिवार बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिता डायमण्ड माविमा हुने छ । जसका लागि दर्ता शुल्क निःशुल्क र पाष्ठेक्रममा आधारीत शैक्षिक प्रदशनीमा पोखरा आसपास र छिमेकी जिल्लाका करिव ५० भन्दा वढि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने अपेक्ष्या गरिएको छ ।

Previous Post

वेगनासताल किनारमा फागुन १६ देखि तेश्रो “वेगनास कप” हुने

Next Post

कक्षा–१२ पास पछि कहाँ पढ्ने ? वहिरा विद्यार्थी

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
कक्षा–१२ पास पछि कहाँ पढ्ने ? वहिरा विद्यार्थी

कक्षा–१२ पास पछि कहाँ पढ्ने ? वहिरा विद्यार्थी

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?