लेखनाथ,२२ माघ । पोखरा महानगरपालिका वडा नं २७ को शिक्षा समितिले पोखरा र आसपासका विद्यालयहरुलाई समेटेर बृहत हाजिरी जवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनी गर्ने भएको छ ।
विद्यालयहरुका बीच शैक्षिक सहकार्य वढाउने र विद्यार्थीहरुको प्रतिभा प्रदर्शनको अवसर सृजना गरी शैक्षिक गतिविधी वढाउन सहज हुने उद्धेश्यले आगामी फागुन २ र ३ गते मावि स्तरीय बृहत हाजिरी जवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनी गर्ने भएको हो ।
हाजिरी जवाफ प्रतियोगिता र शैक्षिक प्रदर्शनीका वारेमा जानकारी दिने उद्धेश्यले मंगलवार आयोजित छलफल कार्यक्रममा शिक्षा समितिका सदस्य तथा बृहत शैक्षिक प्रदर्शनी प्रतियोगिताका संयोजक याम बहादुर रोकाले फागुन २ गते हाजिरी जवाफ प्रतियोगिता लक्ष्मी आदर्श माविमा हुने र शैक्षिक प्रदर्शनी फागुन ३ गते डायमण्ड माविमा हुने जानकारी गराएका थिए ।
दर्ता शुल्क निःशुल्क र पाठ्यक्रममा आधारीत शैक्षिक प्रदशनीमा पोखरा आसपास र छिमेकी जिल्लाका करिव ५० भन्दा वढि विद्यालयका विद्यार्थीहरुको सहभागीता रहने अपेक्षा गरिएको छ ।
यसैविच कार्यक्रममा शिक्षा समितिका सदस्य शिवमणि भण्डारीले हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेलाई १०हजार, द्धितियलाई सात हजार, तृतीयलाई पाँच हजार र सान्त्वनालाई तिन हजार पुरस्कार प्रदान गरिने र शैक्षिक प्रदर्शनी तर्फ प्रथम हुनेलाई १५ हजार, द्धितियलाई १० हजार, तृतीयलाई सात हजार र सान्त्वनालाई पाँच हजार पुरस्कार प्रदान गरिने बताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले दुई दिने कार्यक्रमलाई सफल पार्न सवैलाई अनुरोध गरेका थिए भने कार्यक्रम मार्फत विद्यार्थीहरुले विज्ञान र प्रविधी,वातावरण, कृषि, सामाजिक, भाषा र विज्ञानका वारेमा जानकारी पाउन सक्ने विश्वास दिलाएका थिए । साथै वडाअध्यक्ष गुरुङले वडाको लगानीमा लक्ष्मी आदर्श माविमा पाँचवटा विधामा प्राविधिक शिक्षाको पढाई संचालन गर्दै आएको वताएका थिए ।
Discussion about this post