लेखनाथ, २१ माघ । वालवालिका, स्वास्थ्य र प्रकृतीका लागी ज्ञान तथा वकालत सञ्जल (कञ्चन) कास्कीले पोखरा महानगरपालिका वडा नं २६ भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जिवन उपयोगि शिक्षा तालिम प्रदान गरेको छ ।
पोखरा महनगरपालिका वडा नं २६ को सहकार्यमा भएको दुई दिने तालिममा वडा भित्र रहेका छ वटा विद्यालयका करिव ४० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले वालवालिको क्षेत्रमा काम गर्दै आएको सस्थाले युवा लक्ष्यीत कार्यक्रम मार्फत समाजमा सकरात्मक शन्देश दिन सक्नु पर्ने सुझाव दिदै सस्था र वडाका विच सहकार्यको आवस्यकता औल्याएका थिए ।
सस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिवन उपयोगि शिक्षाका वारेमा जानकारी गराउदै आर्थीक ब्यवस्थापन,मनोविज्ञान,सामाजिक ज्ञान र सृजनात्मक सोचाई लगाएतका विषयमा प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा सस्थाका कार्यकारी निर्देशक सागर सुनुवारले कार्यक्रमको उदेश्य र उपयोगितका बारेमा जानकारी गराउदै सस्थाले समाज परिवर्तनका लागि वालवालिकालाई ब्यवहारीक र प्रयोगात्मक शिक्षाको आवस्यकताका बारेमा जानकारी गराएका थिए ।
दुई दिनसम्म संचालित तालिममा सस्थाकी सचिव नम्रता कोईराला, सदस्य करुणा गुरुङ, सदस्य सुजन गुरुङ र निशा मल्ल ठकुरी लगायतले सहजीकरण गरेका थिए भने कार्यक्रममा पोखरा विश्वविद्यालयका प्रध्यापक डा.अनन्तराज ढुगाना, प्रध्यापक गणेश शर्मा, पोखरा महानगरपालिका वडा नं २६ का वडासचिव लिलामणि भण्डारी र सस्थाका उपाध्यक्ष सुदिप गुरुङ लगायतले आ आफनो धारणा राखेका थिए ।
Discussion about this post