लेखनाथ,२७ पुस । कास्कीको पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको सेभेनलेक कृषि सहकारी सस्थाको १० औं वार्षिक साधारण सम्पन्न भएको छ ।
यसैविच सस्थाको १० औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी सस्था संघका अध्यक्ष शेर वहादुर कार्कीले सरकारले ल्याएको सहकारी अध्यादेश ब्यवहारीक नभएको धारणा राख्दै पछिल्लो समय केही सहकारीमा देखिएको समस्याका कारण समग्र सहकारीको क्षेत्रमा असर परेपनि सवैमा त्यो समस्या नरहेको विचार राखे ।
कार्यक्रममा सस्थाका सल्लाहकार सोमलाल कडेलले नेपाल कृर्षि प्रदान देश भएर पनि सरकारले तल्लो वर्गका किसानलाई माथी उठाउने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए भने पोखरा महानगरपालिका वडा नं २६ का वडासदस्य लक्ष्मी भटराई र जल्धारे बचत तथा ऋण सहकारी सस्थाका कोषाध्यक्ष विश्वराज अधिकारी लगाएतले कृर्षि उत्पादनले मात्र देशको आर्थीक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले अव सहकारीले पैसा वेचेर होईन सेवा र वस्तु बच्ने योजना वनाउनु पर्नेमा जोड दिईन ।
सस्थाका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सुविन तिमिल्सेनाले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष कुशराज तिमिल्सेना र आर्थीक प्रतिवेदन कोषाध्यक्ष कृष्ण अधिकारीले राखेका थिए । कार्यक्रममा उत्कृष्ठ कारोवार तर्फ सोमलाल कडेल,उत्कृृष्ठ कर्मचारीमा रञ्जीता ढुगाना,जेष्ठ सेयर सदस्य सन्त वहादुर जिसी,उत्कृष्ठ बचतकर्तामा चन्द्र वहादुर लामिछाने,सुर्य बहादुर भुजेल र नियमित बचतकर्तामा श्रीप्रसाद अधिकारीलाई सन्मान गरिएको थियो ।
Discussion about this post