लेखनाथ, पुस २७ – धादिङ्ग जिल्लाबाट विभिन्न पेशा ब्यवसायको सिलसिलामा पोखराको लेखनाथ क्षेत्रमा वसोवास गर्दै आएका धादिङ्गे दाजुभाईहरुको साझा सस्था धादिङ्ग – पोखरा लेखनाथ कल्याणकारी समाजको चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
समाजको शनिवार भएको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सर्वसम्वत रुपमा आगामी कार्यकालका लागि प्रेम दवाडीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा मिस्टर रोक्का, उपाध्यक्षमा हरि दवाडी, महासचिवमा दुर्गा दवाडी, सचिवमा संगीता रानामगर , कोषाध्यक्षमा किरण नेपाली र सह कोषाध्यक्षमा मङ्गल दवाडी रहेका छन् भने समितिको सदस्यमा दिनेश ढकाल, फुलमाया नेपाली र सम्भु गैरेलाई चयन गरेको हो ।
यसैविच साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडा सदस्य तिर्थवहादुर राजभाटले एकतामा नै वल हुन्छ भन्दै आफनो जन्मथलो छोडेर रोजगारीको लागि वाहिरी जिल्लामा जादाँ आर्थीक देखि सामाजिक रुपमा कुनै समस्या आउन सक्छ तर त्यस्तो अवस्थामा सामुहिक रुपमा सहयोग गर्न सक्नु नै सस्थाको मुख्य काम हुनु पर्नेमा जोड दिएका थिए ।
धादिङ्ग – पोखरा लेखनाथ कल्याणकारी समाजका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ्ग पोखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठ, सस्थापक अध्यक्ष तेज बहादुर वस्याल, समाजको परिकल्पनाकार गोपाल नेपाली, लायन्स क्लवका रामचन्द्र सेडाई, पत्रकार कविराज खनाल लगाएतले आ आफनो धारणा राखेका थिए ।
Discussion about this post