• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच सम्झौता

Lekhnath Khabar by Lekhnath Khabar
January 8, 2025
in अर्थ खबर, समाचार
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ पुस । प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

पाटा नेपाल नेपालले परिषद् सहित नेपाल पर्यटन बोर्ड, अन्य प्रमुख सार्वजनिक तथा निजी क्षेत्रका साझेदार तथा स्थानीय, प्रदेश, राष्ट्रिय र क्षेत्रीय स्तरका सरोकारवालाहरू सँगको सहकार्यमा गर्न लागेको एक्स्पोका सन्दर्भमा पाटा नेपालका तर्फबाट महासचिव नरेन्द्रदेव भट्ट र पोखरा पर्यटन परिषद्का तर्फबाट परिषद्का अध्यक्ष तारानाथ पहारीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सरोकारवाला व्यक्ति एवम् निकायको आपसी अनुभवहरूको आदानप्रदानका साथै नेटवर्किब र व्यापार अवसरहरूको सुविधाको लागि एक्स्पो महत्वपूर्ण प्लेटफर्म हुने सम्झौतापत्रमा उल्लेख छ । तीन छिमेकी राष्ट्रहरू नेपाल, भारत र चीनका सार्वजनिक तथा निजी क्षेत्रका पर्यटन व्यवसायी एवम् सरोकारवाला संस्थाहरूलाई एकै ठाउँमा सहभागी गराउँदै व्यवसायिक साझेदारी लगायतमा छलफल गर्ने उद्देश्यका साथ एक्स्पो गर्न लागिएको सम्झौतापत्रमा भनिएको छ ।

दुई उदीयमान अर्थतन्त्र र पर्यटनका केन्द्र जस्तै रहेका भारत र चीनलाई एकै ठाउँमा ल्याएर नेपालसँगको पर्यटन सम्भाव्यता र व्यवसायिक अवसरहरूलाई प्रवद्र्धन गर्नु एक्स्पोको मुख्य उद्देश्य हुने भनिएको छ । कार्यक्रमले मुख्यतया पर्यटन र आतिथ्यताको क्षेत्रमा तीन देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिएको छ । नेपाल रणनीतिक रूपमा विश्वका दुई ठूला अर्थतन्त्रहरूको बीचमा अवस्थित रहेको र यसले यी राष्ट्रहरूको पर्यटन सम्भावनालाई उजागर गर्न पूलको रुपमा काम गर्ने विश्वास लिइएको छ । यी देशहरू बीच द्विपक्षीय व्यापार पहलहरू राम्रोसँग स्थापित भए तापनि यो त्रि–राष्ट्रिय कार्यक्रमले नयाँ र आशाजनक अवसर प्रस्तुत गर्ने भनिएको छ ।

सम्झौतापत्र अनुसार पाटा नेपाल च्याप्टरले संगठन साझेदार को रूपमा स्वीकृति समाचारपत्रहरू, प्रत्यक्ष इमेलहरू, मार्केटिब सन्देशहरू र आधिकारिक नाइस वेबसाइटमा प्रमुख रूपमा चित्रित गर्नेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रेस विज्ञप्तिको वितरण मार्फत प्रचार, साथै पाटा च्याप्टर्स नेटवर्क भित्र पोखराको विविध पर्यटनका आयामको प्रदर्शन र प्रवद्र्धन गरिनेछ । त्यस्तै परिषद्का तर्फबाट कार्यक्रमको लागि स्थानीय पर्यटन अधिकारीहरू, सरोकारवालाहरू, प्रायोजकहरू, र साझेदारहरूसँग आवश्यक समन्वय गरिनेछ ।

परिषद्का न्यूजलेटरहरू, सामाजिक सञ्जाल र अन्य मिडिया प्लेटफर्महरू मार्फत एक्स्पोका लागि मार्केटिब र प्रवद्र्धनका काम गरिनेछ । कार्यक्रमका अतिथि र प्रतिनिधिहरूलाई स्वागत गर्न सहयोग लगायतका विभिन्न कामहरू गरिने सम्झौतापत्रमा उल्लेख छ । पोखरामा हुन लागेको एक्स्पोले पर्यटन राजधानी पोखरा सहित समग्र नेपालको पर्यटकीय गतिविधि अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने परिषद्का अध्यक्ष पहारीले विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

१३ औं संस्करणको पोखरा महोत्सव हेर्न जाने दर्शकलाई अफरै अफर

Next Post

तेश्रो संस्करणको सेभेन ए साईड बेगनास कप फागुन १६ देखि २२ सम्म हुने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तेश्रो संस्करणको सेभेन ए साईड बेगनास कप फागुन १६ देखि २२ सम्म हुने

तेश्रो संस्करणको सेभेन ए साईड बेगनास कप फागुन १६ देखि २२ सम्म हुने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?