• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

१३ औं संस्करणको पोखरा महोत्सव हेर्न जाने दर्शकलाई अफरै अफर

Lekhnath Khabar by Lekhnath Khabar
January 8, 2025
in अर्थ खबर, समाचार
0
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । यहि पुस २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सव अवलोकन गर्न जाने दर्शकलाई अफरै अफर रहेको आयोजकले जनाएको छ ।

महोत्सव बारे जानकारी दिने उद्धेश्यले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो ।

पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा वोल्दै युनाईटेड क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले १३ औं संस्करणको महोत्सवको पूर्व सन्ध्यामा युनाईटेड क्लबले पोखरा २७ अर्चलेमा रहेको आफ्नै जग्गामा युनाईटेड छात्राबासको सिलान्यास समेत सम्पन्न भइसकेकाले १३ औं संस्करणको पोखरा महोत्सव पश्चात छात्राबासको कामको शुरुवात हुने बताए ।

पोखरा महोत्सवकै आम्दानीबाट १३ औं पोखरा महोत्सव सम्म आइपुग्दा पोखरा र आसपासमा रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिनेछ ।

त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन ।

महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।
त्यसैगरी महोत्सवमा आयोजना गरिने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने छ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।

महोत्सवमा मेडिकल पार्टनरको रुपमा रहेको आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटलबाट सिबिसी, आरएफटी, एलएफटी, आर एसबी युरिन, इसिजी, युएसजी, एक्सरे र फिजिसियन कन्सल्टमा प्रत्येक दिन एकजनालाई निशुल्क र एकजनालाई ५० प्रतिशत स्वास्थ्य परिक्षणमा छुट लिन सक्नेछन ।

महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टीच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन । महोत्सवको टिकट अनलाईन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन ।

महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुलक प्रवेश गराइने छ ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन ।

Previous Post

लेखनाथ महोत्सवमा हाजिरी जवाफ

Next Post

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच सम्झौता

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच सम्झौता

पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद् बीच सम्झौता

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?