• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे

Ramsharan Nepali by Ramsharan Nepali
January 3, 2025
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १८ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थतन्त्र चलायमान बनाउन नीजि क्षेत्र र सरकारको सहकार्य आवश्यक रहेको वताएका छन । लेखनाथको तालचोकमा बिहीबार देखि सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ को उद्घघाटन गर्दै उहाँले कोभिड पछि देशको खस्कँदो अर्थतन्त्रलाई अब नीजि क्षेत्र र सरकारको सहकार्य र समन्वयले अर्थतन्त्रलाई सुधार र बलियो बनाउन सकिने बताएका हुन ।

नेपालको पर्यटन राजधानी पोखरामा गण्डकी प्रदेशमा नीजि क्षेत्र सँगको साझेदारीमा पर्यटनको क्षेत्रमा प्रदेश सरकार काम गर्न तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । नीति नियमका कारण उद्योग, व्यापार, व्यवसायको क्षेत्रमा समस्या परेको र प्रदेश सरकारबाट संशोधन गर्नु परेमा सरकारले तत्काल संवोधन गर्ने उनले बताएका थिए । समृद्ध गण्डकी प्रदेश बनाउने अभियानमा सबैको सहकार्य जरुरी रहेको मुख्यमन्त्री पाण्डेको भनाई थियो । पोखरा क्षेत्रमा आयोजना हुने मेला र महोत्सवले यस क्षेत्रको आर्थिक अर्थतन्त्रलाई केही हदसम्म भए पनि चलायमान बनाउने गरेको उनको भनाई थियो ।

विभिन्न उद्देश्यले आयोजना हुने मेला तथा महोत्सवले स्थानीय उत्पादन र स्थानीय उद्योग व्यापारको प्रबद्र्धन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई थियो । उनले भने–“आयातित वस्तु, आयातित कलाकारहरुले मात्रै यो महोत्सव अगाडी बढाईयो भने हामिले सोचे अनुसार स्थानिय उत्पादन र स्थानिय प्रतिभाहरुलाई अगाडि बढाउनमा हामि चुकिरहेका हुन्छौं ।“

लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखराको डाडाँकोनाकमा उक्त महोत्सव सुरु भएको हो । महोत्सवमा विभिन्न व्यापारिक ३ सय ३६ वटा स्टलहरू रहेको संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले बताए । आउँदो माघ १ गते सम्म सञ्चालन हुने महोत्सवको उद्घघाटनको अवसरमा बिहीबार विभिन्न जनजातिहरूको भेषभुषामा झाँकी सहित ¥याली प्रदर्शन गरिएको थियो ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवमा २ लाख ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने आयोजकले जनाएको छ ।

सङ्घले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई थियो । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रदर्शनी एवं बिक्री गरिने अध्यक्ष श्रेष्ठले बताए ।

देशको सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन गर्न महोत्सवले थप मद्दत पुग्ने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुलीले बताईन । राष्ट्रिय स्तरका चर्चित कलाकारहरूबाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांँस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरू महोत्सवमा हुदैछन ।

रत्यौली गीत प्रस्तुती, ख्याति प्राप्त कलाकारहरूबाट दैनिक प्रस्तुती, सुगम सङ्गीत, लाइभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरूको रुपमा प्रस्तुती हुदैछन् । महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने,मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुती दिनेछन भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाको प्रस्तुती रहनेछ ।

महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाड पर्वको रुपमा लिँदै आएको र उत्पादक र उपभोक्ताहरूलाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउँछन । महोत्सव अन्र्तगत पहिलो दिन बिहिबार ३५ हजार दर्शकहरुले अवलोकन गरेको र ९० लाख बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Previous Post

महोत्सवमा देखाईने विभिन्न जातजातीको झाँकी नै महोत्सवको मुख्य विशेषता हो : संयोजक बुद्धिमाया मगर

Next Post

प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

प्रकृति-मानव केन्द्रित जन अभियानको छैठौं राष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?