• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

महोत्सवमा देखाईने विभिन्न जातजातीको झाँकी नै महोत्सवको मुख्य विशेषता हो : संयोजक बुद्धिमाया मगर

Ramsharan Nepali by Ramsharan Nepali
January 2, 2025
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, १८ पुस । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २० औं लेखनाथ महोत्सवको आजबाट शुरु हुँदैछ । महोत्सव शुभारमभ अघि यस क्षेत्रका विभिन्न आमा/महिला समुह, संघ संस्थाहरु र विभिन्न जातजाती एवं भाषा भाषीहरुले वृहत झाँकी प्रर्दशन गर्नेछन ।

हरेक वर्ष आयोजना हुने लेखनाथ महोत्सवमा उद्घाटनको दिन वृहत झाँकी र्याली निकालीने गरिन्छ । यसरी निकालीने झाँकी र्यालीले महोत्सवप्रती स्थानियको एकता कति मजबुद छ भन्ने देखाउने झाँकी र्याली व्यवस्थापन उप–समितिकी संयोजक एवं वडा नं.–२७ की वडा सदस्य बुद्धिमाया मगर बताउँछिन ।

‘‘हरेक वर्ष लेखनाथ महोत्सवमा वृहत झाँकी र्याली निकालीन्छ, एक त यसले स्थानियको एकतालाई प्रतिबिम्बीत गर्छ भने अर्को कुरा विभिन्न जातजाती भाषा भाषीलाई एकैथलोमा उतारेर महोत्सवले मौलीक संस्कार र संस्कृतिको समेत जर्गेना गर्ने गरेको छ’’–संयोजक मगरले भनिन ।

लेखनाथ महोत्सवमा जस्तो वृहत झाँकी अरु कुनै मेला महोत्सवमा विरलै देख्न, हेर्न पाईनछ । झाँकी र्यालीमा आ–आफ्नो भेष भुषा, चालचलन, रितीरिवाज, संस्कार संस्कृति झल्कीने पोशाक, ब्यानर र डेमोहरु सहितको व्यापक उपस्थीती नै लेखनाथ महोत्सवको पहिचान बनेको संयोजक बुद्धिमाया मगर वताउँछिन ।

महोत्सवमा देखाईने झाँकी र्यालीलाई यसपाली अझै व्यवस्थीत बनाईएको छ भने सहभागी हुने विभिन्न संघ संस्था र समुहहरुलाई विगतको भन्दा अझै प्रोत्साहन वढाईएको छ । महिला लक्षीत कार्यक्रममध्येको रत्यौलीलाई आमा÷महिला समुहहरुको सुझाव अनुसार परिमार्जित र परिष्कृत समेत गरिएको रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उप–समितिकी संयोजक गंगा कुमारी मल्लले जानकारी दिईन ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।

यहि पुष ५ गतेदेखी १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले वताईन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।

Previous Post

२० औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Next Post

अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे

अर्थतन्त्र चलायमान बनाउन सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?