• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

पहेँलो कपडाको ब्यानरले चिनाएको लेखनाथ महोत्सव

Lekhnath Khabar by Lekhnath Khabar
January 1, 2025
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
141
VIEWS
Share on FacebookShare on Twitter

सचिन रानाभाट
लेखनाथ, पौष १७ ।

लेखनाथ उद्योग वाणिज्य संघले बि सं २०५८ सालमा सुन्तला प्रदर्शनी शुरु गरेर अहिलेको लेखनाथ महोत्सवको जग हालेको थियो । बिसं २०६० साल देखि लेखनाथ १ भण्डारढिकमा लेखनाथ महोत्सवको आयोजना गर्दै त्यसलाई निरन्तरता दिदैं २० औं संस्करण सम्म आईपुगेको छ।

तत्कालिन लेखनाथका बजार तथा गाउँका सडक किनार तथा बिजुलीका पोलहरुमा पहेँलो कपडाको ब्यानरमा रातो रंगले “लेखनाथ महोत्सव“ लेखेको देखेपछी लेखनाथ महोत्सव सुरु हुँदैछ भनेर सहजै अनुमान गर्न सकिन्थ्यो। किनकी त्यो बिल्कुलै नयाँ र फरक शैलिको प्रचार शैली थियो र आज सम्म पनि निरन्तर नै रहेको छ।

उक्त समयमा पोखरा तथा लेखनाथ क्षेत्रमा महोत्सवहरुको प्रचार प्रसार गर्न माईकिङ्ग, पर्चा तथा कपडामा लेखेर ब्यानर बनाउने चलन हुन्थ्यो। लेखनाथ उद्योग वाणिज्य संघले प्रचार प्रसार शैली परिवर्तन संगै पहेँलो व्यानरको शुरूवात भने बि सं २०६२ साल देखि गरेको हो। ‘त्यस समय अघि निलो व्यानरमा सेतो तथा रातो व्यानरमा सेतो रंगको प्रयोग गरिन्थ्यो’ – संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी भन्छन्।

पुर्व अध्यक्ष त्रिपाठी सम्झनछन – ‘त्यो बेला कर्माचार्य ग्रुपको कोसेली तेल निकै चर्चित थियो, उसको पहेँलो रंगको व्यानर बाट उत्प्रेरित हुँदै लेखनाथ महोत्सवले सैनिक आर्ट्स बाट पहेँलो ब्यानरमा स्क्रिन प्रिन्टको माध्यमबाट प्रचार प्रसार शुरु गरेको हो । आजको मिति सम्म आईपुग्दा पोखरा लगायत देशका अन्य मेला महोत्सवहरुले उक्त प्रचार शैली अपनाएको त्रिपाठी वताउँछन ।’

स्थानीयहरु भन्छन केही बर्ष पहिले हातमा फोन अनि ईन्टरनेटको सुबिधा थिएन, नजिकै भएपनी मेला महोत्सव बारे जानकारी लिन रेडियो सुन्ने तथा पत्रपत्रिका हेर्नुपर्दथ्यो, त्यो सबैको पहुँचमा थिएन। सामान्यतया मुख्य चाडवाड सकेपछी महोत्सवहरुको सिजन हुन्थ्यो। हामीले महोत्सव हुँदैछ भनेर सडक छेउ टाँसेको त्यो पहेँलो कपडामा रातो अक्षरले लेखेको ब्यानर टाँगिएको देखेर सजिलै ठम्याउन सक्थ्यौं ।

“महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन बिकास र समृद्धि“ भन्ने नाराका साथ २० औं संस्करणको लेखनाथ महोत्सव यहि पौष १८ गते देखि माघ १ गते सम्म पोखरा २७ डांडाकोनाकमा आयोजना हुँदैछ। महोत्सवस्थलमा गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयममार्फत एक सयभन्दा बढी माछाका प्रजाती अवलोकन, बालउद्यान, खाना महोत्सव, लोकदोहोरी कार्यक्रम, कविता प्रतियोगिता, महिला विशेष रत्यौली गीत प्रस्तुति, सुगम संगीत, लाइभ कन्सर्ट लगायत मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । त्यस्तै पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्याकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुने आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले बताएको छ ।

अर्काईभ बाट पुन: सम्पादन गरिएको। 

Previous Post

सक्नेरी बुद्ध आमा समुहले मनायो ल्होसार

Next Post

२० औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
२० औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२० औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?