• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेखनाथ महोत्सवलाई आमा/महिला समुहको साथ

Ramsharan Nepali by Ramsharan Nepali
December 15, 2024
in अर्थ खबर, धर्म संस्कृति, समाचार, स्थानीय
0
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २९ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने ‘२०औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा/महिला समुहहरुले सघाउने भएका छन ।

माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा/महिला समुहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको वताएका थिए ।

उनले महोत्सवमा महिला/आमा समुहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको वताएका थिए ।

यस्तै महिला/आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रमहरु सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताईन ।

रत्यौली कार्यक्रम उप–समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर, महिला उद्यमी उप–समितिकी संयोजक प्रतिक्षा रानाभाट, हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापा, लगायतले बोलेका थिए ।

महिला/आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिईन ।

Previous Post

आर्दश कपमा शसस्त्र विजयी, उपाधीका लागी कास्कीसँग भिड्ने

Next Post

२५औं आदर्श कपको उपाधी कास्कीलाई

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
२५औं आदर्श कपको उपाधी कास्कीलाई

२५औं आदर्श कपको उपाधी कास्कीलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?