लेखनाथ ,२६ मंसिर । पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमक समिति गण्डकी प्रदेशको आम भेलाले मोती प्रशाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरिएको छ ।
बिमा क्षेत्रमा क्रियासिल अभिकर्ताको पेशागत हक हितका सवालमा आवाज उठाउदे उदेश्य अनुरुप गठित गण्डकी प्रदेश कमिटिको अध्यक्षमा मोतिप्रसाद पौडेल सवसम्वत रुपमा चयन भएका हुन भने गठित समितिको उपाध्यक्षमा दुर्गाराम सुवेदी र शन्तोष गुरुङ रहेका छन् भने समितिको सचिवमा हिरालाल श्रेष्ठ,सह सचिवमा विरेन्द्र श्रेष्ठ र निर्मला अधिकारी र सदस्यहरुमा लेखनाथ अधिकारी,बसन्त थापा,तुल बहादुर गुरुङ,कल्पना आचार्य,कमला भटराई र हर्क बहादुर थापा रहेका छन् ।
कमिटि गठनका लागि भुवानी प्रसाद अधिकारीको संयोजकत्मा तीन सदस्यीय निर्वाचन उप समिति गठन गरिएको थियो ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत बिमा अभिकर्ता सघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारी विमाका वारेमा घर घरमा पुगेर विमितलाई सुसिचित गराउने अभिकर्ताको पेशागत मर्यादा र हकहितका सवालमा संघले आवाज उठाउदै आएको र विमाको वजारलाई ग्रामिण तहसम्म पु¥याउनु पर्ने आवस्यकता समेत औल्याएका थिए ।
बरिष्ठ प्रवन्धक शन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमक समितिका केन्द्रिय अध्यक्ष गोविन्द अधिकारीले बिमालाई सुरक्षीत लगानी र जोखिम बहनको रुपमा हेरीएकाले विमा क्षेत्रको दायरा बढाउनु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post