लेखनाथ,भदौ १० । पोखरा महानगरपालिका वडा नम्वर २७ को तालचोकमा रहेको डायमण्ड माविले कक्षा १२ उत्रिण विद्यार्थीहरुलाई एक विषेश कार्यक्रमका बिच दिक्षीत गरेको छ ।
विश्व विद्यालयहरुले गर्ने दिक्षान्त समारोहको झल्को दिने गरि डायमण्ड माविले पहिलो पटक एक सय ७८ विद्यार्थीहरुलाई गाउन र टोपीमा सझाएर कक्षा १२ उत्रिणको प्रमाण पत्र प्रदान गदै दिक्षित गराएको हो ।
वि स २०४५ सालमा स्थापना भएको विद्यालयले वि स २०५२÷५३ मा विद्यार्थीलाई एल एल सी परिक्षामा समावेश गराएको थियो भने वि स २०६३ साल देखि उच्च माविको पढाई संचालन गर्दै आए पनि यस भन्दा पहिला उच्च मावि उत्रिण विद्यार्थीलाई सफलताको शुभकामना सहित विदाई गरिन्थो तर यस पटक भने फरक र भिन्न सैलीबाट विद्यार्थीलाई दिक्षित गरिएको हो ।
कार्यक्रममा वोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले माध्यामिक तहको पढाई सके पछि विद्यार्थीहरुमा के पढ्ने,काहाँ पढ्ने भन्ने निर्णय गर्दा सोचे विचार र अग्रजको सर सल्लाहाबाट मात्र अगाडी वढ्न आग्रह गर्दै विदेश नै जानु पर्छ भन्ने मनोभावलाई त्यागेर स्वदेशमा नै वसेर वाकी रहेको अध्यान पुरा गर्ने सोच वनाउनु पर्ने सुझाव राखेका थिए ।
विद्यालय संचालन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सुचना र प्रविधि जडित शिक्षण सिकाई विधीको पहिलो ब्याज विज्ञान संकाय तर्फका ४३,ब्यवस्थापन संकायका एक सय छ र होटल म्यानेजमेण्ट तर्फका २९ जना विद्याथीहरुलाई दिक्षीत गराईएको थियो ।
विद्यालयका प्राचार्य यम बहादुर रोकाले स्वागत मन्तव्य सहित विद्यालयका भावी योजना र अहिलेसम्म भए गरेका कामका वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिद्यालयका निर्देशक माधव शरण उपाध्यायले धन्यवाद ज्ञापन गर्दै अध्यानको सिलसालामा जाहाँ रहेपनि माता,पिता,गुरु र अतिथिलाई देवता सरह ब्यवहार गर्न अनुरोध गरेका थिए ।
विद्यालयका शिक्षक सञ्जीव थापाले संचालन गरेको कार्यक्रममा शैक्षीक सत्र २०८०÷८१मा सर्वोत्कृष्ठ अंक ल्याउन सफल बिज्ञान संकायका अभिसेक घिमिरे र ब्यवस्थापन संकाय तर्फ सर्वोत्कृष्ठ अंक ल्याउने सजिता गरुङलाई विद्यालयका सस्थापक पदम बहादुर थापाको स्मृतीमा स्थापना गरिएको पदम डायमण्ड अवार्डबाट सन्मान गरिएको थियो ।
Discussion about this post