भदौ १ लेखनाथ –
कोभिड महामारीको समयमा विपत ब्यवस्थापनमा सहयोग पुर्र्याउने उदेस्यले स्थापना भएको नागरिक परोपकार समन्वय संस्थाको पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि देवराज पन्थीलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरेको छ ।
आपत विपतमा परेका देखि आर्थीक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उदेस्यले स्थापना भएको सस्थाको पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सर्वसम्वत रुपमा उपाध्यक्षमा सोमनाथ जमरकट्टेल, सचिवमा शिवराज सुवेदी र कोषाध्यक्षमा वसन्तराज ढकाललाई चयन गरेको छ भने समितीको सदस्यहरुमा शुसिल लामिछाने, रमा नेपाली, भैरवलाल श्रेष्ठ, वावुराम पौडेल, भुवन श्रेष्ठ, कृष्ण प्रसाद ओझा र गोविन्द अधिकारीलाई चयन गरेको हो।
Discussion about this post