सचिन रानाभाट
लेखनाथ १२, साउन – गण्डकी प्रदेश सरकारको मातहतमा संचालित संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टरहरुको करार सम्झौता सकिएपछि अस्पतालले बिरामी भर्ना लिन बन्द गरेको छ।
यस अघि अस्पतालमा कार्यरत डाक्टरहरुको पुरानो करार सम्झौता सकिएको र नयाँ करार सम्झौता नविकरण नभएकोले बिरामी भर्ना लिन नसकेको अस्पतालकी सुचना प्रमुख सुजाता देवकोटाले जानकारी दिएकी छन् ।
बिरामी भर्ना बन्द भए पछी बिरामीहरु प्राईभेट अस्पतालमा चर्को शुल्क तिर्न तथा पोखराका अन्य अस्पतालमा समेत उपचारको लागि पुग्नु परेको बाध्यता छ ।
अस्पताल जस्तो संबेदनसिल क्षेत्रमा गण्डकी प्रदेश सरकारले डाक्टरहरुको करार सम्झौता नविकरण लाई चाँडो प्रकृयामा नलगेर राजनीति र भागबन्डा गर्न खोजेको स्थानीयहरुले आरोप लगाएका छन् ।
अहिले अस्पतालका कार्यकारी निर्देशक तथा डाक्टर बिकास गौचन र दुई जना मेडिकल अफिसरले सेवा दिईरहेको अस्पताल प्रशासनले लेखनाथ खवर लाई जानकारी दिएको छ ।
Discussion about this post