लेखनाथ २१, असार । जन्मदिनको अवसरमा होटल तथा पाटी प्यालेसहरुमा गरिने फुजल खर्चको साटोमा लेखनाथका एक ब्यवसायिले आफनो जन्मोत्सवमा बृद्धाश्रममा सहयोग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ३० को शिसुवामा वसोवास गर्दै आएका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा लायन्स क्लव अफ लेखनाथका पुर्व अध्यक्ष राजेन्द्र ओझाले आफनो ५२ औं जन्मोत्सवका अवसरमा पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा सहयोग गरेका हुन् ।
लायन्स क्लव अफ लेखनाथ वर्ष २०२४/२५का कार्यसमितिका पदाधिकारी र श्रीमती ईन्दिरा ओझा सहित आश्रममा पुगेका राजेन्द्र ओझाले आश्रममा वसोवास गर्दै आएका बालबालिका तथा बृद्धबृदाहरुका लागि आवस्यक पर्ने आद्यन्न,सिलिण्डर ग्यास र कोडिम सहयोग गरेका हुन् ।
आश्रम संचालक समितिका सचिव तिलकशालि अधिकारीलाई सहयोग सामाग्रि हस्तान्त्रण गर्दै ओझाले आफुले आफना हरेक जन्मोत्सवमा फरक ठाउ विशेषका आधारमा आवस्यकता हेरेर सहयोग गर्दै आएको र आफुले विभिन्न कार्यक्रममा जादाँ पाएको भत्ता तथा सहभागी खर्च स्वरु पाएको रकममा थप गरि आश्रमका वालवालिका तथा बृद्ध बृदाहरुका लागि सहयोग गरेको वताएका थिए ।
यसैगरि कार्यक्रममा लेखनाथ लायन्स क्लवका पुर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङ,क्लवका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना, सचिव तुलसी सपकोटा र क्लवका तृतिय उपाध्यक्ष डम्वरु वल्लभ चापागाई र आश्रम संचालक समितिका सचिव तिलकशालि अधिकारीले दानीलाई कहिल्यै हानी नहुने भन्दै अन्य दानविरहरुले पनि जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटैती गरेर समाजलाई सकरात्मक सन्देश दिन सक्नु पर्नेमा जोड दिएका थिए ।
Discussion about this post