• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मान्यता विपरीत : अर्थविद वाग्ले

Ramsharan Nepali by Ramsharan Nepali
July 4, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
300
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं अर्थविद डा. स्वर्णिम वाग्लेले काँग्रेस एमालेको सहमती लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको वताएका छन ।

बिहिबार लेखनाथमा आयोजित लेखनाथ उद्योग वाणिज्य संघको २८ औं वार्णिक साधारण सभाको अवसरमा आयोजित “वर्तमान आर्थिक अवस्थामा व्यवसायिक चुनौती र सम्भावना” विषयक उत्प्रेरणात्मक कार्यक्रममा बोल्दै संसदको पहिलो र दोश्रो दल मिलेर सरकार बनाउने प्रचलन नभएको वताउँदै यो लोकतान्त्रिक मुल्य मान्यता बमोजिम नभएको वताएका थिए ।

उनले संविधान संशोधन गर्ने कुरा त्यति सजिलो नभएको वताउँदै १/२ जनालाई जोगाउनकै लागी अहिलेको समिकरण बनेको भए त्यस्तो सरकार २/३ महिनामै ढल्ने दावी गरे । उनले आर्थिक र राजनीतीक शुसासन कायम नभएका कारण अर्थतन्त्रमा उल्लेख्य सुधार हुन नसकेको वताए । देशको समग्र अर्थतन्त्र बाहिर आएको हल्लाजस्तो दयनीय नभएको वताउँदै सुक्ष्म अर्थतन्त्रतर्फ भने थुप्रै सुधारका कुराहरु गर्नुपर्ने वताएका थिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनिती, अर्थनिती र कुटनिती पिडादायक अवस्थामा रहेको वताउँदै अहिलेको राजनितिक प्रयोग अन्तिम विकल्प भएको वताउँदै यदि यो असफल भएको खण्डमा मुलुक कता पुग्छ ? भनी प्रश्नसमेत गरे ।

यस्तै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विदेश जानेलाई स्वदेशमा नै कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकारी तर्पmबाट ब्यवसायिक मैत्री निती निर्माण गरेपनि कार्यन्वयनको चरण फितलो भएको वताएका थिए ।

यसैगरि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले ब्यवसायिले राज्यलाई कर तिर्ने, रोजगारी सिर्जना गर्ने तर सरकारको तर्फबाट व्यवसायीमैत्री निती आउन नसकेको र व्यवसायीबाट अंकुश लगाएर रकम तान्ने काम मात्र गरेको वताएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले वि स २०५४ सालमा स्थापना भएको संघले यस क्षेत्रका सवै खालका ब्यवसायीहरुलाई संगठित गर्दै यस क्षेत्रको विकासका लागि सरकारी निकायमा लभिङ गर्दै आएको बताएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका अधिकारीले कार्यक्रम संचालन र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए ।

Previous Post

लेउवासंघको स्थापना दिवसमा दौड

Next Post

जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग

जन्मदिनको अवसरमा बृद्धाश्रमलाई सहयोग

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?