लेखनाथ, २१ जेठ । लेखनाथ महिला उद्यमी कृषक समुह पोखरा–२७ को अध्यक्षमा पुन ईन्दिरा रोका चयन भएकी छिन । संस्थाको सोमबार सम्पन्न तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले उनलाई पुन अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा बुद्धिमाया थापामगर, सचिवमा शर्मिला श्रेष्ठ, सह–सचिवमा माया सापकोटा, कोषाध्यक्षमा बन्दना शाह, सदस्यहरुमा जमुना गिरी, ईन्दिरा लामिछाने, शर्मिला खड्का र तारा कुमारी अधिकारी रहेका छन ।
नवनिर्वाचित समितिले सोमबार नै सल्लाहकारहरुमा लेखनाथ उद्याेग वाणिज्य संघका अध्यक्ष विनाेद श्रेष्ठ, महासचिव जानुका अधिकारी, पार्वती थापा, गंगा मल्ल, शान्ती खनाल, सन्ध्या दाहाल, ईन्दिरा ओझा, सुर्यकुमारी बञ्जारा र विष्णुमाया गिरीलाई चयन गरेको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले महिलाहरुको सक्रियता र क्रियाशिलतामा वृद्धि गर्दै उद्यमशीलताको विकास गर्नका लागी संघको भातृ संस्थाको रुपमा लेखनाथ महिला उद्यमी कृषक समुह स्थापना भएको वताउँदै महिला उद्यमीहरुका उत्पादनलाई बजारीकरण गर्नको लागी संघ तत्पर रहेको र यसको लागी पोखरा महानरगपालिका लगायतका विभिन्न संघ संस्था र निकायसँग सहकार्य र समन्वय गर्ने वताएका थिए ।
अध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनहरुको ब्राण्डीङ गर्ने विषयमा संघ विगतदेखी नै प्रयत्नशिल रहेको र कोशेली घरको अवधारणा मार्फत स्थानिय उत्पादनहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन योजना अन्तिम चरणमा पुगेका वताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका पुर्वअध्यक्षहरु लक्ष्मीप्रसाद त्रिपाठी र बलराम ढकाल, महासचिव जानुका पराजुली, समुहकी संस्थापक अध्यक्ष मेनुका श्रेष्ठ लगायतले बोलेका थिए ।
उक्त अवसरमा सामुदायीक प्राकृतिक चिकित्सालय प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा सामुदायीक शिक्षण अस्पताल रजहर, नवलपरासीका डा. विमल पौडेलले प्राकृतिक चिकित्सा, खानपान, व्यायाम र योग लगायतका विषयमा प्रस्तुती राखेका थिए ।
संस्थाकी अध्यक्ष ईन्दिरा रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शर्मिला श्रेष्ठ र धन्यवाद ज्ञापन उपाध्यक्ष बुद्धिमाया थापामगरले गरेकी थिईन ।
Discussion about this post