• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

लेउवा संघद्धारा सहकारी व्यवस्थापन एवं वित्तिय साक्षरता सहितको प्रशिक्षण

Ramsharan Nepali by Ramsharan Nepali
May 21, 2024
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
196
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ जेठ । लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ क्षेत्रमा रहेका सहकारीहरुका लागी ३ दिने सहकारी व्यवस्थापन एवं वित्तिय साक्षरता सहितको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष, व्यवस्थापक, पदाधीकारीहरु, लेखा समिति संयोजक र सदस्यहरुका लागी तालिमको आयोजना गरिएको संघका अधयक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

जेठ ६, ७ र ८ गते गरी तिन दिनसम्म सञ्चालीत प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले नेपालको ईतिहासमै अहिले सहकारीका विषयमा चर्चा परिचर्चा भएको वताउँदै केही व्यक्तिहरुको फाईदा र महत्वकांक्षाले गर्दा अहिले विषम परिस्थिति उत्पन्न भएको वताएका थिए ।

उनले लेखनाथ क्षेत्रका सहकारीहरुमा त्यस्तो समस्या नदेखीएको वताउँदै सहकारीका सिद्धान्तबमोजिम सञ्चालन गरेको खण्डमा समस्या नआउने र ठुलो परिमाणमा निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न नहुने, अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने, सदस्यहरुसँग प्रिमियम लिने कार्य बन्द गर्नुपर्ने र आफ्नो क्षेत्रमा नयाँ वा बाहिरका व्यक्तिहरुले सहकारी सञ्चालन गर्न आएको खण्डमा महानगरमा जानकारी दिन आग्रह गरेका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सहकारीहरुको पनि नियमन र सुपरीवेक्षण गर्ने निकाय हुनुपर्ने वताएका थिए । उनले सहकारीमा ज्ञान, सिप र दक्षता नभएका व्यक्ति सञ्चालक समितिमा बस्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, गलत अपचलन गर्ने तथा निति कानुन र निगरानी गर्ने संस्थाको कमजोरीले अहिलेको अवस्था आएको वताएका थिए ।

यस्तै ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रहरी निरिक्षक यामनारायण अर्यालले सहकारीलाई राज्यले आफ्नो तिनखम्बे अर्थनिति अन्र्तगत महत्वपुर्ण खम्बाको रुपमा लिएको वताउँदै विभिन्न कमजोरीहरुका कारण सहकारी अहिले बदनाम भईरहेको त्यसतर्फ सबै सहकारीकर्मीहरु सजग हुनुपर्ने वताएका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले सहकारीको मर्म र भावना अनुरुप सहकारीहरु चल्नुपर्ने र नाफा र लाभांशलाई भन्दा पनि सदस्यहरुको सेवा सुविधालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले सहकारीका विषयमा वास्तविकताभन्दा वढि अनावश्यक हललाहरु बजारमा आएको वताउँदै सदस्य सेवा र सदस्य सुरक्षाका कारण सहकारीको महत्व दिनानुदिन बढ्दै गएको र समुदायमा केन्द्रित भई सदस्यमाझ रहेका सहकारीहरुको स्थायित्व रहेको भन्दै त्यस्ता सहकारीहरुसंग ढुक्क सँग आर्थिक कारोवार गर्न आग्रह गरेका थिए । उनले सहकारी क्षेत्रलाई सम्बोधन गर्दा सम्पुर्ण लेखनाथ क्षेत्रलाई समेटिने भएका कारण पनि संघले यस किसिमको प्रशिक्षणको आयोजना गरेको वताएका थिए ।

कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, सहकारीका अध्यक्षहरुको तर्फबाट निकिता सुवेदी, व्यवस्थापकहरुको तर्फबाट शंकर पौडेल लगायतले बोलेका थिए भने धन्यवाद ज्ञापन संघका सहकारी तथा वित्तिय संघ संस्था समन्वय उप–समितिका संयोजक टिकाराम सापकोटाले गरेका थिए ।

प्रशिक्षणमा नेफस्कुनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले हाल सहकारीहरुमा देखिएका मुख्य समस्याका कारणहरु, सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य र अधिकार, स्थीरीकरण कोष र संरक्षित पँुजिकोष सम्वधमा तथा नियमित बचतको महत्वको सम्वधमा प्रशिक्षण दिएका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन ।

फोटो : जनक तिवारी/लेखनाथ खबर

Previous Post

लेउवा संघमा व्यवसायीहरुका लागी आधारभुत लेखा तालिम

Next Post

पोखरा-३० शिशुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
पोखरा-३० शिशुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड

पोखरा-३० शिशुवा स्थित चक्रदेवी सहकारीमा तोडफोड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?