लेखनाथ, ३० वैशाख । लेखनाथ उद्योग वाणिज्य संघद्धारा वालिङ्ग उद्योग वाणिज्य संघका भ्रमण दलका सदस्यलाई स्वागत, परिचयात्मक तथा अन्तरकृया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघ लगायत नेपालको पुर्वि भागमा रहेका विभिन्न उद्योग वाणिज्य संघ विच संघका गतिविधि र अनुभव आदानप्रदान गर्ने र पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य सहित भ्रमणको आयोजना गरिएको वालिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी गराएका थिए ।
श्रेष्ठले एकै वर्ष वि सं २०५४ सालमा स्थापना भएका दुई संघ विच वि.सं २०६२ फागुन १२ गते भगिनी सम्बन्ध विकास भएको र हरेक क्रियाकलापमा दुई संघविच निरन्तर रुपमा सहयोग एवं संदभावको आदान प्रदान भएको वताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठीले दुई संघ विचको सम्बन्ध र महोत्सवका विषयमा चर्चा गरेका थिए ।
वालिङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति र महिला उद्यमी विकास समितिका सदस्य एवं कर्मचारीहरु समेत गरी जम्मा २७ जनाको उपस्थिति रहेको उक्त भ्रमण दलले राखेका विभिन्न जिज्ञासाका बारे अध्यक्ष बिनोद श्रेष्ठ र निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले प्रष्ट पारेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकारको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन महासचिव जानुका पराजुली अधिकारी र धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।
Discussion about this post