• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

प्राईम बैंक र लेखनाथ सिटी हस्पिटल बीच स्वास्थ्य सेवा सम्झौता

Lekhnath Khabar by Lekhnath Khabar
May 6, 2024
in अर्थ खबर, समाचार
0
0
SHARES
156
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, बैशाख २४
प्राईम बैंक र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभिन्न सेवाहरुमा आफ्ना ग्राहक तथा बिरामीहरुलाई थप स्तरिय सुबिधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका विशेषगरि साबिक लेखनाथ, रुपागाउँपालिका, मादिगाउँपालिका, लम्जुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरुले उच्चतम लाभलिन सक्नेछन् । यद्यपि यो छुट योजना प्राईम बैंकका देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्नेछन् । प्राईम बैंकका सम्पुरर्ण शेयर धनी , कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकका लागि हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा जस्तै अपरेसन,पोस्टअप, आईसियु,ल्याब, औषधी, रेडियोलोजि, डेन्टल, क्याबिन, डिलक्स क्याबिन तथा जनरल वार्ड लगायतका विभिन्न सेवाहरुमा ५ देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हस्पिटलका प्रबन्धक बादल बस्नेतले बताए । त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले प्राइम बैंकले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् । आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटलसँग सम्झौता गरिएको दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारीले बताए । समारोहमा लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक आकाश बस्नेत, प्राईम बैंक बुढीबजार शाखाका रिलेसनसिप अफिसर महेश राज देवकोटा र प्राईम बैंक दुलेगौंडा शाखाका क्रेडिट म्यानेजर अशिम पाण्डे लगायतका महानुभावहरुको सहभागीता रहेको थियो। सम्झौता पत्रमा प्राइम बैंक लिमिटेडको तर्फबाट दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारी र लेखनाथ सिटी हस्पिटलका तर्फबाट अध्यक्ष उदिप राज ढुंगानाले हस्ताक्षर गरेका हुन् । हस्पिटलले २५ बेडमा रहेर प्वाल पारेर गरिने अपरेसन सेवा, सि-आर्मबाट हाडजोर्निको अपरेसन, स्तरिय ल्याब, कम्प्युटराइज्ड एक्सरे, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, डेन्टल, आईसियु, पोस्टअप लगायतका बिभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Previous Post

रत्नशोभा माविका भुतपुर्व विद्यार्थीहरुको पुर्नमिलन

Next Post

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

वर्ल्ड लिङ्कले ट्राफिकलाई गर्‍यो सहयोग, ६५ थान सामाग्री हस्तान्तरण

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?