• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home खेलकुद

लेखनाथ हाफ म्याराथनमा एक हजार धावक दौडने

Ramsharan Nepali by Ramsharan Nepali
April 10, 2024
in खेलकुद, समाचार, स्थानीय
0
0
SHARES
498
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २७ चैत्र । नयाँ वर्ष २०८१ को पहिलो दिन वैशाख १ गते आयोजना गरिएको दोस्रो लेखनाथ हाफ म्याराथनमा एक हजार जना धावकको सहभागीता रहने विश्वास गरिएको छ ।

पोखरा महानगरपालिकको संरक्षकत्वमा र पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने लेखनाथ हाफ म्याराथनका वारेमा जानकारी दिने उदेस्यले राखिएको पत्रकार सम्मेलनमा विभिन्न चार विधामा राखिएको प्रतियोगितामा करिव एक हजार धावकको सहभागीता रहने बताईएको हो ।

पोखरा–२९ को प्रस्तावित लेखनाथ रंगशालाबाट सुरु हुने प्रतियोगितामा पुरुष तर्फको राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनको २१ किलोमिटरको दौड रहने छ भने महिला पुरुष तर्फको राष्ट्रिय खुल्ला १० कि मि, विद्यालय तर्फको छात्र/छात्रा पाँच किलोमिटर र भेट्रान्स (४५ वर्ष माथि ) पाँच कि. मि. सडक दौड राखिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उप–समितिहरु गठन गरि तयारीलाई अगाडी वढाईएको छ भने खेल सम्पन्न गर्नका लागि ४० जना निर्णायक, विभिन्न युवा क्लव र आमा समुहका ७० जना स्वयमसेवक तथा शान्ति सुरक्षाको हकमा ५० भन्दा वढि प्रहरीहरु परिचालन हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् ।

प्रतियोगिता तर्फको मुख्य आकर्षणका रुपमा रहेको पुरुष तर्फको राष्ट्रिय खुल्ला लेखनाथ हाफ म्याराथनमा प्रथम हुनेलाई साठी हजार, द्धितियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथोलाई १० हजार र पाँचौलाई पाँच हजार र साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरि म्याराथन तर्पmको पोखरा च्याम्पियनलाई नगद १० हजार प्रदान गरिने बताईएको छ ।

यता प्रतियोगिताको महिला पुरुष १० किलोमिटर तर्फ प्रथम हुनेलाई ३०हजार, द्धितियलाई २०हजार, तृतीयलाई १० हजार, चौथोलाई पाँच हजार र पाँचौलाई दुई हजार पाँच सय र साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

त्यसैगरि विद्यालय छात्र/छात्रा उत्कृष्ठ १० सम्मलाई र भेट्रान्स तर्फका तीन जना उत्कृष्ट धावकलाई पुरस्कृत गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि पुरस्कार तर्फ मात्र तीन लाख ७० हजार खर्च हुने छ भने पुरै प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १० लाख पाँच हजार खर्च हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले प्रतियोगितालाई बार्षिक रुपमा निरन्तरता दिनका लागि महानगरपालिका संग नितीगत रुपमा नै कुरा अगाडी वढेको जानकारी गराएका थिए । सदस्य सचिव सुवास खड्काले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन खेल संयोजक राजेन्द्र जि सीले गरेका थिए ।

Previous Post

नागरिक परोपकारको भित्रे पात्रो विमोचन

Next Post

आलु महोत्सवमा दर्शक सहभागिता बढदो

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
आलु महोत्सवमा दर्शक सहभागिता बढदो

आलु महोत्सवमा दर्शक सहभागिता बढदो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?