लेखनाथ, २७ चैत्र । ङ्याेए तमु धिं पाेखरा-२९ भण्डारढिकले ट्हाेटें पर्व विविध कार्यक्रमका साथ मनाएकाे छ । चैत्र महिनाको अन्तिम मंगलबार संस्थामा आबद्व २९ समुहले सामुहिक रुपमा भेला भएर तामझामका साथ पर्व मनाएका छन् ।
गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । यश पर्वलाई भुतप्रेत भगाउने पर्वको रुपमा मनाउने गरिन्छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सगरमाथा टेलीभिजनका अध्यक्ष निर्मल गुरुङले ट्हाटें पर्व तमुहरुकाे परम्परागत ऐतीहासिक पर्व भएकाे वताउँदै पर्वकाे अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।
उनले पर्वले एकता र सद्भावकाे विकास गराउने भएकाले आफ्नो भाषा र संस्कृती जाेगाउन समुदाय संगठीत हुनुपर्नेमा जाेड दिएका थिए ।
समाजकी सल्लाहकार बुद्विकुमारी गुरुङले संस्कार परम्परा र संस्कृतीकाे संरक्षण गर्नुपर्नेमा जाेड दिदै पर्वले सम्पुर्णमा एकताकाे सन्देश प्रवाह गर्ने वताएकी थिईन ।
यस्तै पाेखरा महानगरपालिका वडा नं-२९ का अध्यक्ष श्रीप्रसाद गुरुङले भाषा संस्कृतीनै तमु समुदायकाे पहिचान भएकाे वताउँदै यसकाे संरक्षण गर्नुपर्नेमा जाेड दिंदै पर्वकाे अवसरमा सम्पुर्णमा सुस्वास्थ्य दिर्घायूकाे कामना व्यक्त गरेका थिए ।
त्रियान धर्मचक्र बिहार बाैद्व गुम्बाका धर्मगुरु ले ट्हाेटें पर्वले सुख शान्ती र निराेगी बनाउनुका साथै धार्मिक भावना जागृत गराउने वताएका थिए ।
कार्यक्रम शुरु हुनु अगाडि तमुहरुकाे माैलीक संस्कृती र परम्परा झल्कीने भेष भुषा र ब्यानर सहितकाे र्याली निकालीएकाे थियाे ।
Discussion about this post