• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home शिक्षा

डायमण्ड माविकाे ३६ औं वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
February 19, 2024
in शिक्षा, समाचार, स्थानीय
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ७ फागुन । पोखरा महानगरपालिका वडा नं–२७ को तालचोकमा रहेको डायमण्ड माविले शनिवार र आईतवार गरि द्धिदिवसीय रुपमा आफनो ३६ औं वार्षिकोत्सव मनाएको छ ।
सोमबार आयोजित मुल कार्यक्रमको उद्घाटन गर्दै नेपाली साहित्य लेखनका केन्द्रिय अध्यक्ष साहित्यकार तिर्थ श्रेष्ठले शिक्षा र संस्कारलाई सँगसँगै जोडेर लैजानुुपर्ने वताएका छन । उनले संस्कार विनाको शिक्षाको कुनै औचित्य नहुने वताउँँदै शिक्षासँग संस्कार, माटोको माया र पिता पुर्खाको ज्ञानलाई पनि जोड्नुपर्नेमा जोड दिए ।
साहित्यकार श्रेष्ठले परम्परागत सिप, ज्ञान र प्रविधिको संरक्षण गर्न सकिएन र अवहेलना गरियो भने जग विनाको घर जस्तै दिगो र चिरस्थायी हुन नसक्ने वताए ।

सोही अवसरमा प्याव्सनका केन्दिय उपाध्यक्ष विर बहादुर बुढाथोकीले अहिलेको विकासको क्रम सगै २१ औं शताब्दीको शिक्षाका चुनौतीहरुलाई सामना गर्न निजी स्तरका विद्यालयहरुले संविधानमा उल्लेख भएका अधिकार समेत प्रयोग गर्न नदिनका लागि वाहिरी हल्ला फिजाएर सस्थागत विद्यालयलाई बन्दाम गर्न खोजीए पनि आम अभिभावकहरु भने हल्लाको पछाडी लाग्न नहुनेमा जोड दिएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछाने (भोला)को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल याम बहादुर रोकाले बिद्यार्थीको सिकाई व्यवहारीक र प्रयोगात्मक हुन सके विद्यार्थीहरु रोजगारका लागि विदेसिनु नपर्ने धारणा राख्दै बिद्यालयले अहिलेसम्म करिव एक हजार पाँच सय भन्दा वढि विद्यार्थीहरुलाई उच्च तहको शिक्षा प्रदान गर्न सफल भएको जानकारी गराएका थिए ।
सोही कार्यक्रममा भुपु विद्यार्थीहरुको तर्फबाट बुद्धि सागर अधिकारी,अभिभावकहरुको तर्फबाट लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष उपेन्द्रराज सुवेदी(राजु) पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,विद्यार्थी आयुसा ढुगाना,आकृति पाण्डे र अंकिता आचार्य र शिक्षक सविता ढुगाना र तारानाथ पराजुली लगाएतले बिद्यालयको शिक्षाको क्षेत्रमा गरेको ३५ वर्षिय योगदान अतुलनीय भएको बताएका थिए ।
सोही अवसरमा विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको डायमण्ड अवाडबाट ब्यवस्थापन संकाय तर्फकी सपना कडेललाई पदम डायमण्ड अवाड प्रदान गरिएको थियो भने गत शौक्षक सत्रमा उत्कृष्ठ स्थान हासिल गर्न सफल अनुसा लामिछाने,सन्देश जिसी र निमेश गिरीलाई समेत सन्मान गरिएको थियो भने शिक्षकहरु तर्फ १० वर्ष सेवा गरेका नारायण प्रसाद वाग्ले,सविता ढुगाना,ज्योती थापा,गंगा शर्मा र हरिमाया गुरुङलाई दिर्घसेवा पदकद्धारा सन्मान गरिएको थियो ।
यसैविच पहिलो दिन शुक्रवार विद्यार्थीहरुद्धारा बृहत्त शैक्षीक प्रर्दशनी तथा सांकृतिक कार्यक्रम राखिएको थियो । मेलामा विशेष गरि विद्यार्थीमा भएको अन्र्तनिहित प्रतिभालाई प्रर्दशन गर्दै त्यसबाट विद्यार्थीहरुको सिर्जनशिलता र उद्यमशिलताको विकास गराउन सकिने विद्यालयका निर्देशक माधवशरण उपाध्यायको भनाई रहेको थियो ।
पहिलो दिन राखिएको डाममण्ड मेलाको उद्घाटन गर्दै आई एन जी ग्रुपका अध्यक्ष एवं शिक्षा उद्यमी सुलभ बुढाथोकीले वार्षिकोत्सवको अवसरमा आयोजित मेलामा राखिएका स्टलहरुमा विद्यार्थीहरुले गरिरहेका गतिविधिहरु नै उद्यमशिलता भएको वताए । उनले यसलाई नै निरन्तरता दिन सके उद्यमशिलताको विकास एवं स्वरोजगार बढ्न सक्ने विश्वास दिलाएका थिए ।

Previous Post

साउथ साईड नेपाली कम्युनिटी युकेको साधारणसभा तथा अधिवेशन सम्पन्न

Next Post

डायमण्ड माविको ३६ औं वार्षिकोत्सव सम्पन्न

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने
समाचार

२६ औं आदर्श कपमा मंगलवारदेखि सेमीफाइनलका खेल हुने

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ
समाचार

जनप्रकाश माविमा विज्ञान हाजिरी जवाफ

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने
समाचार

लेखनाथ होटल एशोशियसनको अध्यक्षमा सुरेश लामिछाने

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु
राजनीति

रास्वपा कास्की क्षेत्र नम्वर १ मा चुनावी अभियान सुरु

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका
अर्थ खबर

टीभीएस एक्सचेन्ज अफर: पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका

Next Post
डायमण्ड माविकाे ३६ औं वार्षिकोत्सव सम्पन्न

डायमण्ड माविको ३६ औं वार्षिकोत्सव सम्पन्न

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?