फागुन १, लेखनाथ
सूर्यतारा नेकोसको र खेलकुद महासंघ गण्डकी प्रदेशको आयोजनामा हुन लागेको खेल महोत्सव २०८० का लागि सचिवालय उद्घाटन गरिएको छ । पोखरा २९ भण्डारढिक स्थित शैनिक वस्तीमा खेल महोत्सव कार्यकारी समिति सचिवालयको उद्घाटन गरिएको हो ।
संविधान सभा सदस्य एवं ने.क.पा. एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले सचिवालको उद्घाटन गर्दै स्वास्थ्यका लागि खेल भएको बताउदै खेलका लागि सचिवालयबाट सम्पूर्ण गतिविधि हुने भएकोले शर्माले हरेक दिन आउने सुझावलाई आत्मसाथ गर्ने, सचिवालयमा आएका सुझाव कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आवश्यक जानकारी गराउन संघ र मातहतका कर्मचारीलाई निर्देशन समेत दिए । उनले प्रदेशवाट आवश्यक बजेट निकासा गरिसकेको जानकारी गराउँदै राष्ट्रिय प्रतियोगितालाई सफल पार्नु तीनै तहको सरकारको साझा दायित्व रहेको बताए । साथै उनले आन्तरिक तथा वाह््य पर्यटकलाई टेवा दिई खेल पर्यटनको विकास गरी क्षमता अभिवृद्धि गर्ने र खेलका माध्यमबाट भाइचार र आत्मियताको वृद्धि गर्दै स्थानिय पर्यटन पर्वद्धन गर्ने रहेको बताए ।
कार्यक्रममा वडा नंं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्गले स्थानिय युवाहरुमा नेतृत्व र जिम्मेवारीको बोध विकाश गर्न प्रदेश सरकारको मुख्य जिम्मेवारी भए पनि जहाँ खेल हुन्छ त्यही क्षेत्रले सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका भएकोले गण्डकी प्रदेश र पोखरा महानगरपालिका नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन लाग्नु पर्छ,’ उनले भने ।
सोही अवसरमामा वडा नं. २९ का निवर्तमान वडा अध्यक्ष चेतबहादुर गुरुङ्गले स्थानीय क्षेत्रको विकास र रंगशाला स्तरोन्तीकाकालि महोत्वस फलदाई हुने आफु आशावादी रहेको बताए ।
आगामी चैत्र ३ गते देखि ११ गते सम्म आयोजना खेल महोत्सव २०८० खेलकुदको सचिवालय सञ्चालनमा ल्याइएको जानकारी दिदै फुटवल विद्यालय स्तरीय नृत्य प्रतियोगिता, व्याडमिटन, यथलेटिक्स, ५ किलोमिटर दौड, खुल्ला महिला स्लो स्कुटर रेस प्रतियोगिता, गण्डकी प्रदेश स्तरीय टेवान्डो, र संघ संस्था स्तरिय झाँकी प्रर्दशनी प्रतियोगिता लगायत दर्जनौ प्रतियोगिता हुने र प्रतियोगिताको पुरस्कार ३ लाख तिन हजार तिन सय देखि ७ हजार सात ७७ नगद पुरस्कार र प्रमाण प्रत्र रहने खेल आयोजक समिति संयोजक विष्ण्ुा पुनले जानकारी दिए ।
उद्घाटनपछि सचिवालय सचिव शिवप्रसाद अधिकारीले खेलकुद प्रतियोगिताको सम्पूर्ण गतिविधि, तयारी र प्रतियोगिता अवधिभरको व्यवस्थापकिय काम सचिवालयबाट हुने जानकारी दिए ।
Discussion about this post