पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने भएको जनाएको छ ।
प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।
खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो ।
देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउसो साढे साढे १ बजे सुरु हुनेछ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सम्पूर्ण तयारी पुरा भएको जनाउँदै माघ १ देखि ६ गते सम्म पोखरा रंगशालामा आउन दर्शकहरुलाई आह्वान गरेका छन्।
Discussion about this post