• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

धादिङ पाेखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजकाे ७ औं साधारण सभा सम्पन्न

Ramsharan Nepali by Ramsharan Nepali
January 7, 2024
in समाचार, स्थानीय
0
0
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, २१ पुस ।

धादिङ पाेखरा क्षेत्र नं २ लेखनाथ कल्याणकारी समाजकाे ७ औं साधारण सभा शनिबार सम्पन्न भएकाे छ ।

साधारण सभाकाे उद्घाटन गर्दै पाेखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापा `नरेन´ ले विगतदेखी नै विभिन्न सामाजीक कार्यहरुमा वडाले समाजसँग सहकार्य गर्दै आईरहेकाे र वडालाई संस्थाकाे तर्फबाट प्राप्त भएकाे सहयाेग, सुझाव, सल्लाहकाे लागि धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तरताकाे लागि आग्रह गरेका थिए ।

यस्तै धादिङ पाेखरा सम्पर्क समाजका अध्यक्ष राजु पाण्डेले समाजले गर्दै आएका कार्यहरुकाे प्रशंसा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट कार्य गर्न सकाेस भन्ने शुभकामना व्यक्त गरेका थिए । मातृसंस्थाकाे हिसाबले समाजका हरेक कार्यहरुमा सधैं साथमा रहने समेत उनले प्रतिबद्वता व्यक्त गरेका थिए ।

धादिङ पाेखरा सम्पर्क समाजका पुर्व अध्यक्ष कृष्ण लम्सालले पेशा व्यवसायकाे सिलसिलामा धादिङबाट पाेखरा बसाई सरेर आएता पनि आफ्नो मन धादिङमै रहेकाे भन्दै सबैले आफ्नो जन्मठाउँकाे विकासका विषयमा साेच्नुपर्ने वताएका थिए ।

समाजका सल्लाहकार तिलक राेकाले कठिन मेहनेतका साथ स्थापना गरिएकाे समाजलाई एकताका साथ अगाडि वढाउनुपर्ने र आगामी दिनहरुका गतिविधिहरुका लागि आर्थिक अवस्था मजवुद बनाउनुपर्नेमा जाेड दिएका थिए ।

समाजसेवी रामचन्द्र सेंढाईले धादिङबाट बसाई सरेर आएतापनि समाजले कर्मथलाे पाेखराका निम्ति धेरै याेगदान गरेकाे, थुप्रै पराेपकारी कार्यहरु गरेकाे र अन्य संस्थाहरुले सिक्न लायक धेरै कार्यहरु गरेकाेमा धन्यवाद व्यक्त गरेका थिए ।

समाजका निवर्तमान अध्यक्ष तेज बहादुर बस्यालले संस्था विगतमा अप्ठ्याराे परिस्थीतीबाट गुज्रेकाे वताउँदै त्यस्ताे अवस्थामा पनि एकजुट भएर हातेमालाे गरेकाेमा सम्पुर्ण सदस्यहरुमा धन्यवाद व्यक्त गर्दै अहिलेकाे संकटपुर्ण आर्थिक अबस्थामा पनि देखीएकाे अग्रसरताका लागि आभार ब्यक्त गरेका थिए ।

समाजका सल्लाहकार हरि पन्तले समाजका कार्यहरुमा तन,मन र धन हरेक तवरले सहयाेग गर्दै आएको बताउँदै संस्थाकाे सक्रियता आगामी दिनहरुमा वढ्दै जाओस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा समाजका अध्यक्ष बुद्वराज बस्यालले संस्था सफलतापुर्वक साताैं वर्षमा आइपुग्नु गाैरवपुर्ण र सुखद कुरा भएकाे बताउँदै यस अवधिमा थुप्रै सचेतनाका कार्यहरु गर्दै विकासनिर्माणमा स्थानिय सरकारसँग हातेमालाे गर्दै आएको बताएका थिए ।

संस्थाका अध्यक्ष बुद्वराज बस्यालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार एवम गण्डकी मिजार समाजका अध्यक्ष गाेपाल नेपालीले स्वागत गरेका थिए भने कार्यक्रमकाे सञ्चालन महासचिव मिस्टर नेपालीले गरेका थिए ।

Previous Post

हाम्रो मौलीक सस्कृती नै हाम्रो पहिचान हो : सस्थापक मुख्यमन्त्री गुरुङ

Next Post

लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया कारागार चलान

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया कारागार चलान

लापरवाही ढंगले कार चलाएर दुई युवतीको ज्यान लिने मानबहादुर बानिया कारागार चलान

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?