• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home अर्थ खबर

किनबेचको स्थल बन्यो लेखनाथ महोत्सव

Ramsharan Nepali by Ramsharan Nepali
December 27, 2023
in अर्थ खबर, समाचार, स्थानीय
0
0
SHARES
325
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, ११ पुस ।
कास्कीको लेखनाथमा पुसको ५ गते देखि जारी १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सव स्थल ब्यापारीक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।

महोत्सवमा राखिएका करिव तीन सय ४७ फरक फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट छन् ।

पुसको १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा चलीरहदाँ बुधवार मात्र करिव ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदाँ ५ करोड १० लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ । यसैबिच बुधवार मात्र करिव २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठको भनाई रहेको छ ।

फरक फरक दिन फरक फरक शैलीको प्रस्तुतुले दर्शकलाई मनोरञ्जन प्रदान गरिएकाले दोहोरीका पारखी देखि युवाहरुलाई लक्षीत गरि आयोजित लाईभ पप कन्र्सटका कारण सवै प्रकृतीका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको आयोजकको दावी छ ।

महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, बसन्त वि.क., तारापति सुवेदी, भुमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यग्य तर्फ पुरुषोत्तम भण्डारी पुर्खेबाको प्रस्तुती रहेको थियो भने बेलुका लाईभ कन्सर्टमा साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जित पुन लगायतको प्रस्तुतीले स्टेज तताएको थियो ।

महोत्सवमा बिहिबार लोकदोहोरीतर्फ कलाकारहरु प्रिति आले, तेजस रेग्मी, बालचन्द्र बराल, सरला पाण्डे, ज्योति लोहनी, प्रेमराज अधिकारी र बालकृष्ण वाग्ले लगायतको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा कमल खत्री, एन्जिला रेग्मी, सृजना खत्री(हाउडे माया) लगायतले स्टेज तताउनेछन ।

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।

Previous Post

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

Next Post

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

Ramsharan Nepali

Ramsharan Nepali

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

लेखनाथ महोत्सवको हालसम्म २ लाख ३० हजार दर्शकहरुद्धारा अवलोकन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?