• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home कृषी

नेपालमै पहिलोपटक प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी पुस २० देखि

Lekhnath Khabar by Lekhnath Khabar
December 26, 2023
in कृषी, समाचार, स्थानीय
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

निराज रानाभाट, कास्की । कास्कीको पोखरामा पुस २० गतेदेखि ‘ कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन ’ भन्ने मूल नारा सहित ‘ प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा – २०८० ’ हुने भएको छ ।

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा पहिलोपटक कृषि विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, पोखरा महानगरपालिका र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजानमा कृषि यन्त्र र प्रविधि सम्बन्धि बृहत प्रर्दशनी पुस २० गतेदेखि २२ गतेसम्म कास्कीको पोखरास्थित नयाँबजारमा रहेको पोखरा प्रर्दशनी केन्द्रमा गर्न लागिएको छ ।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धि कम्पनीहरुका ४० वटा भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु ( जस्तै: कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई – भैंसी पालन, डेरी ) लगायत कृषिका नविनतम औजार, उपकरण, मेशिन, केरा खेती थोपा सिचाईंका सामग्रीहरु, सयौं किसिमका कृषि औजार तथा प्रविधिहरु अवलोकन गर्न सकिने छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजक नेपाल कृषि मेशिनरी व्यवसायी संघको अध्यक्ष कृष्ण शर्माले बताए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिइएको छ । प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने समेत विश्वास गरिएको छ ।

समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गइहेको प्रदर्शनीमा देशभरीबाट आउने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । प्रर्दशनीलाई सफल बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खुमलटार, ललितपुर प्रबर्धकको भूमिकामा रहेको छ ।

साथै प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय खाध तथा पोषण सुरक्षा सुधार आयोजना हरिहरभवन, नेपाल सरकार कृषि तथा पशुपन्छि विकास मन्त्रालय ग्रामीण उधम तथा आर्थिक विकास आयोजना र राष्ट्रिय कृषि ईन्जिनियरिङ् अनुसन्धान केन्द्र खुमलटार सहयोगी संस्थाहरुको भूमिकामा रहेका छन ।

Previous Post

१९ औं लेखनाथ महोत्सवमा उधौली उभौली पर्व

Next Post

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार दीपक परियारलाई

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?