लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले शनिबार मादी गाउँपालिका वडा नं ६ तपराङमा रहेको महारुद्र माध्यामिक विद्यालयमा न्यानो कपडा बितरण गरेको छ । क्लव, विद्यालय र स्थानीय अभिभावकको सहकार्यमा एक सय ५० जना विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट बितरण गरिएको हो ।
न्यानो कपडा बितरण गर्दै, मादी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दिलबहादुर क्षेत्रीले पालिकाको बिकट ठाउँमा रहेको विद्यालयलाई छनौट गरी पोशाक बितरण गरेकोमा प्रसंसा गरे । उनले लायन्स क्लवका सेवाका कामहरु शहर केन्द्रित मात्रै हुँदैनन् भन्ने पुष्टि गाउँको विद्यालयलाई सहयोग गर्नुले भएको उल्लेख गरे । एक प्रकारको पोशाकले विद्यालयको पहिचानमा सहयोग पुगेको उल्लेख गरे ।
कार्यक्रममा लायन्स क्लव अफ अन्तराष्ट्रिय ३२५ के का परमानेन्ट क्लव को चिफ भक्त बहादुर के.सी ले क्लवका सदस्यहरुले खाजा खर्च कटाएर स्थानीय विद्यालय र अभिभावकसँग सहकार्य गरी पोशाक बितरण गरिएको बताए । उनले जहा लायन्स त्यहाँ सेवा भन्ने नारालाई कामले पुष्टि गरेको उल्लेख गरे ।
लायन्स क्लव अफ अन्तराष्ट्रिय ३२५ के का डिर्पाटमेण्ट चिफ नवराज सापकोटाले क्लवको बार्षिक कार्यक्रममा अन्तर्गत विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको उल्लेख गरे । उनले जेष्ठ नागरिक, बौद्धिक अपाङ्ग भएका बालबालिकाका लागि समेत सहायता सामाग्री बितरण गरिएको बताए ।
लायन्स कलव अफ लेखनाथ गार्डेन सिटीका अध्यक्ष विश्वमणि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटा, जोन चियर पर्सन गंगा मल्ल, लायन्स क्लव अफ लेखनाथ सुनगाभाका अध्यक्ष प्रतिक्षा रानाभाट, गार्डेनसिटीका निर्वतमान अध्यक्ष रविचन्द्र घिमिरे, कोषाध्यक्ष दिपक बानिया समेतले मन्तब्य व्यक्त गरेका थिए ।
Discussion about this post