पोखरा । गण्डकी प्रदेशको लोक सेवा आयोगले एकै पटक ठुलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी अनुसार प्रदेश लोक सेवाले बुधबार प्रदेश र स्थानीय तहको मागका आधारमा विज्ञापन खुलाएको हो । विभिन्न तहमा आन्तरिक बढुवा समेत गरी आयोगले १ हजार २ जना कर्मचारीका लागि विज्ञापन खुलाएको हो ।
योसँगै लोक सेवाको परीक्षामा जाँच दिएर राष्ट्र सेवामा योगदान दिन चाहनेहरुका लागि अवसरको ढोका खुलेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राविधिक तथा अप्राविधिक पदहरूको अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।
विज्ञापन:
Discussion about this post