पोखरा–सिक्लेस यातायात भाडादर घटेको छ । पोखरा–सिक्लेस जिप व्यवसायी समितिले ७ सय रुपैयाँ रहेको भाडादर घटाउँदै ५ सय रुपैयाँ कायम गरेको छ ।
सिक्लेस कास्कीको पर्यटकीय गन्तव्य हाे । गुरुङ समुदायको संस्कृति तथा विभिन्न हिमशृंखला हेर्न ठूलो संख्यामा पर्यटक जाने गर्दछन् । गाडी भाडादर घटेपछि पर्यटकको संख्या बढ्ने मादी गाउँपालिकाको विश्वास छ । मादी गाउँपालिका १ वडाध्यक्ष देवीजंग गुरुङले भाडादर घटाएकोमा जीप व्यवसायी समितिप्रति धन्यवाद ज्ञापन गरेका छन्
साथै, पोखरा–सिक्लेस सडकखण्डमा पहिराेका कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।
Discussion about this post