कास्की जिल्ला घर भई वैदेशिक रोजगारी तथा अन्य पेशा व्यवसायको शिलसिलामा मध्यपूर्वको बहराईनमा बसोबास गर्नुहुने कस्केलीहरूलाई संगठित गरेर सन् २०१९ जुलाई ५ तारिकका दिन स्थापना भएको कास्की आदर्श समाज बहराईनले स्थापना कालदेखि नै आफ्नो कर्मदेश बहराईन र गृहजिल्ला कास्कीमा विभिन्न सामाजिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ।
यसै क्रममा कास्की जिल्लाका ग्रामीण भेगका (खासगरी सामुदायिक स्कूल) स्कूलहरुमा बार्षिक रुपमा केही सहयोग गर्ने हेतुले शुरूआति चरणमा तिनलाख रुपैयाँको शैक्षिक अक्षय कोष स्थापना गरेको थियो । सोही योजना अनुरुप भाद्र २ गते कास्कीको अन्नपूर्ण गाउँ पालिका-६ चन्द्रकोट स्थित श्री संगम माध्यमिक विद्यालयका ४७ छात्र छात्राहरु लाई रू. पचहत्तर हजार रुपैयाँ बराबरको स्कूल पोशाक बितरण गरेको छ।
कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपालको सजहिकरणमा र स्कूल व्यवस्थापन समितिको आयोजनामा स्कूल परिसरमा एक विशेष कार्यक्रम गरी कास्की आदर्श समाज बहराईनका वर्तमान संरक्षक श्री शिवशंकर आचार्य ज्यू र संस्थापक संरक्षक एबं बरिष्ठ समाजसेवी श्री गम बहादुर गुरुङ्ग ज्यूको उपस्थितिमा विद्यार्थी हरूलाई ड्रेस हस्तान्तरण गरिएको थियो। स्कूल व्यवस्थापन समिति एबं विद्यालयका प्रधानाध्यापकले प्रवासमा आफूले मेहेनतले कमाएको पैसाबाट कटाएर यसरी बाल बालिकाहरू लाई सहयोग गर्नुभएकोमा कास्की आदर्श समाज बहराईन परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
Discussion about this post