विश्व बैंकको सहयोगमा पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत सम्पन्न गर्ने गरी बिरौटा–पुँडीटार र लेखनाथचोक–डाँडाकोनाक–शिशुवा–खुदीखोला–गगनगौंडा सडक स्तरोन्नतिका लागि परियोजना छनोट गरेको हो ।
विश्व बैंकले यी सबै परियोजनाहरूमा ३ अर्ब ३८ करोड रुपैयाँ लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुँडीटार सडक १ अर्ब ५ करोड र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदीखोला–गगनगौंडा सडक १ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति हुनेछ ।
विश्व बैंकको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको । यसबाहेक थप दुइटा महत्वपूर्ण परियोजनाहरू परियोजना साढे २ वर्षभित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको प्रमुख आचार्यले बताए। उनका अनुसार यी परियोजना सम्पन्नपश्चात नमुना सडक बन्नेछन् ।
Discussion about this post