लेखनाथ – त्रिवेणी इन्टरनेशनल कलेज (टिआईसी) एलुम्नाई एसोसियसनले सोमबार आफ्नो प्रथम चार्टर डे को अवसरमा स्टेशनरी बितरण सम्पन्न गरेको छ।
स्थापनाको प्रथम बर्षको अवसर पारेर पोखरा ३१ मा रहेको इन्द्रेणी आधारभूत बिद्यालयमा रहेका ३२ जना बिद्यार्थीहरुलाई कपि, कलम, वाटर बोतल लगायतका स्टेशनरी सामाग्री प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा ३१ का वडा सदस्य बिनोद मणि लामिछानेले वडाको बिकट ठाउमा रहेको यस बिद्यालय लाई सहयोग गर्न वडा स्तर बाट आफुले सक्दो पहल गर्ने बताए।
एसोसियसनका अध्यक्ष रामकृष्ण लामिछानेको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, बिद्यालयका प्रधानाध्यापक मित्रलाल तिमिल्सिना लगायतले कलेजका पुर्व बिद्यार्थी हरु मिलेर गरेको यस कार्य प्रति प्रशंशा गरेका थिए। कार्यक्रमको संचालन कार्यसमिति सदस्य सचिन रानाभाटले गरेका थिए।
Discussion about this post