लेखनाथ, २ साउन । लेखनाथ खानेपानी उपभोक्ता संस्थाले खानेपानी लाई सुरक्षित राख्नको लागी मंगलबार अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न गरेको छ । संस्थाको खानेपानी सुरक्षा योजना उप–समितीले पानी सुरक्षित राख्नको लागी बनाईएका विभिन्न रिर्जभवायर ट्याङकीहरु, बिबिटि च्याम्बर, गेट भल्भहरु, शुद्धिकरणका विभिन्न संरचनाहरु, प्रयोगशाला लगायतका विभिन्न संरचनाहरुको अवलोकन गरेको हो ।
भ्रमण शुरु हनु अघि लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले सुरक्षा उप–समितिले वर्षमा २ पटक अवलोकन गरेर सुझाव दिनुपर्ने संस्थाको पुर्वनिर्धारीत योजना नै भएको वताउँदै भ्रमणलाई रमाईलोको रुपमा मात्र नलिई संस्थाले गर्नुपर्ने सुधारहरुका विषयमा सुझाव सल्लाहहरु दिन आग्रह गरेका थिए ।
कार्यक्रममा संस्थाकी सचिव नारायणी भटृराई(रक्षा)ले उपभोक्ताको सन्तुष्टी नै संस्थाको जग हो भन्ने उद्धेश्यका साथ खानेपानी सुरक्षा योजना लागु गरेको र यसले वर्षमा २ पटक अध्ययन अवलोकन गरी वार्षिक कार्ययोजना बनाएर मुल समितिमा पेश गर्नुपर्ने जसले गर्दा आगामी वर्षको लागी वजेट निर्माणमा सहज हुनुका साथै २०८३ सालसम्म उपभोक्ताहरुलाई सिधै धाराको पानी पिउनयोग्य बनाउने लक्ष्यप्राप्ती हुने विश्वास व्यक्त गरीन ।
खानेपानी वितरण प्रणालीअन्र्तगतका विभिन्न संरचनाहरुको अवलोकन गर्दै गर्नुपर्ने सुधारका विषयमा सुझाव संकलन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको उप–समितीका संयोजक सुर्यराज भण्डारीले वताए । अवलोकन भ्रमण गत वर्षकै कार्यक्रमको निरन्तरता भएको र नयाँ आर्थिक वर्ष शुरु हुँदै गर्दा यो कार्यक्रमले संस्थाको वार्षिक क्यालेण्डरमा नै समावेश गरी पानी सुधार सम्बन्धी मर्मतका कुराहरु, वर्षभरी के के काम गर्ने पानीलाई कसरी खानयोग्य बनाउने भन्ने विषयमा योजना तर्जुमा गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
भ्रमणमा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका पदाधीकारीहरु, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सुरक्षा उप–समितीका सदस्यहरु एवं संस्थाका कर्मचारी एवं प्राविधिकहरुको सहभागीता रहेको थियो ।
Discussion about this post