पोखरा –
पोखरा महानगरपालिका वडा नं २२ पुम्दीकोटमा ‘ड्रिम सिटी’ सञ्चालनमा आएको छ । करिब १४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको पार्क २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। पार्कमा हट एयर बलुनको फोटो बुथ, ‘विसिङ ह्याण्ड’, अम्ब्रेला पार्क, सिसाको स्काई वाक, झरना, रेष्टुरेन्ट लगायत सञ्चालनमा आइसकेको छ ।
अन्नपूर्ण, माछापुच्छ्रे हिमाल, धौलागिरी, फेवाताल, स्तुपा लगायतको दृश्यावलोकन गर्न सकिने पार्कमा युवा उद्यमीहरु विनोद पौडेल, श्यामकुमार बजगाई, दिवश गुरुङ र स्थानीयहरुको लगानी रहेको छ । पार्कलाई एउटा क्रुज शीप आकारमा निर्माण गरिएको छ ।
ड्रिम सिटीले नेपालकै ठूलो एक्वारियम अन्तिचरणमा रहेको उनले बताए । ४८ फीट लामो एक्वारियममा मानिसहरु प्रबेश गर्दा समुन्द्रमा प्रबेश गरेको अनुभव गर्ने छन् । पार्क भित्र प्रवेश गर्न २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यसपछि भित्र रहेका अम्ब्रेला पार्क, विसिङ ह्याण्ड लगायतको अवलोकन गर्न सकिने छ ।
त्यसै गरी ४ सय ५० रुपैयाँमा पार्कको पूरै अवलोकन गर्न पाइन्छ भने रेस्टुरेन्टमा खाजा समेत दिने उनले बताए । अहिले ४० जनाले रोजगारी पाएको उनले बताए ।
Discussion about this post