पोखरा। पोखरा वडा २७ का कृष्णबहादुरले ३० रोपनीमा सघन प्रजातिको घाँस उत्पादन गरेवापत ७८ हजार ४ सय रुपैयाँ अनुदान पाएका हुन् ।
उनले जलजला कृषि मल्टी एग्रो फार्म सञ्चालन गरेर गएको ३ वर्षदेखि घाँसखेती गर्दै आएका थिए । उनले ४० रोपनीमा खेती गरे पनि ३० रोपनीको अनुदान पाएका हुन् । उनले भने, ‘यो चोखो अनुदान हो । यसका लागि पोखरा महानगरलाई धन्यवाद ।’
उनले किसानको माग अनुसार थप राहत दिएर अगाडि बढे हौसला बढ्ने बताए । उनले अघिल्लो वर्ष १२ रोपनीमा लगाएर २७ हजार पाएको तर अहिले ३० रोपनीमा घाँस खेती गरेको बताए । कृष्णहादुर जस्तै सघन घाँस खेती गर्ने पोखराभित्र ७० जना किसानले महानगरबाट अनुदान पाएका छन् ।
Discussion about this post