ओमकामना कम्प्यूटर ईन्स्टीच्यूट पोखरा–३०, शिशुवाले पहिलोपटक आयोजना गरेको प्रथम ओमकामना फुटसल प्रतियोगिताको उपाधि 10 AM Team ले हात पारेको छ । स्वास्थ्यका लागि खेल, देशका लागी खेलाडी भन्ने नाराका साथ आयोजित प्रतियोगितामा 12 PM टिमलाई ७–२ को गोल अन्तरले पछि पार्दै ले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा 12 PM Team उप–विजेता हुन सफल भएको छ ।
उक्त अवसरमा अतिथि टिमहरु पोखरा–२७ तालचोक स्थित डायमण्ड मा.वि. र पोखरा–३० शिशुवा स्थित न्यू लेखनाथ पक्लिक एकेडेमी विच भएको प्रतिष्पर्धामा न्यू लेखनाथ पक्लिक एकेडेमीको टिम विजयी भएको थियो । प्रतियागितामा विधान देउजा र सुमित विष्टले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
विजेता र उप–विजेता टिमलाई कम्प्यूटर एसोसिएसन महासंघ (क्यान) कास्कीका महासचिव महेन्द्र भुर्तेलले मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको एजुकेशन पार्टनरमा मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेज, स्पोर्टस पार्टनरमा ओज्जी स्पोर्टस र मिडिया पार्टनरमा लेखनाथ खबर डट कम रहेका थिए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै कम्प्यूटर एसोसिएसन महासंघ (क्यान) कास्कीका अध्यक्ष आशिष गुरुङले कम्प्यूटर सिक्दै गरेका प्रशिक्षार्थीहरुलाई उज्ज्वल भबिष्यको कामना गर्दै क्यानको होलोग्राम अंकित प्रमाणपत्रले भोलीका दिनमा अझै फाईदा हुने भएकाले क्यान सर्टिफाईड ईन्स्टिीच्यूटहरुमा कम्प्यूटर सिक्न सुझाव दिएका थिए ।
कार्यक्रममा प्रतियोगिताको पुरस्कार प्रायोजक जुनियर सिटिजन एकेडेमीका निर्देशक मुकुन्द वस्तीले कार्यक्रमको सफलताको कामना गर्दै एस ई ई पछि दुई वर्ष मेहनत गरेमा पछि सम्म जिवन सफल हुने तथा यो दुई वर्ष अलमल गरेमा जिवनभर त्यसको असर पर्ने वताए । उनले जेसिए मा विज्ञान, होटल म्यानेजमेण्ट, मेनेजमेण्ट र कम्प्यूटर वढ्नलाई विद्यार्थीहरुलाई निमन्त्रणा समेत गरेका थिए ।
ईन्स्टीच्यूटकी सञ्चालक कल्पना बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टिकाराम गौतमले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रोपाईटर एवं प्रशिक्षक चन्द्रमणी गौतम (सि.एम.)ले गरेका थिए ।
विगत २० वर्षदेखी लेखनाथमा रहेर कम्प्यूटरका विभिन्न तहका कक्षाहरु सञ्चालन गर्दै आईरहेको ईन्स्टिच्यूटले अनुभवी तथा दक्ष प्रशिक्षक बाट जापानी भाषाका कक्षाहरु समेत सन्चालन गर्दै आईरहेको छ भने कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ, कास्कीले आयोजना गर्ने विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान समेत हासिल गर्दै आईरहेको छ ।
ईन्स्टिच्यूटले एसईई तथा प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै कम्प्यूटर प्रशिक्षण समेत गराउँदै आईरहेको छ ।
Discussion about this post