लेखनाथ १ असार । लेखनाथ हार्डवेयर एशोसिएसनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयमा स्टेशनरी सहयोग प्रदान गरेको छ ।
एशोसिएसनले पोखरा–३० आँपडाँडा स्थित नवज्योति सनतदुर्गा आधारभुत विद्यालयमा नर्सरीदेखी कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी वितरण गर्नुका साथै विद्यालयका लागी शिक्षण सिकाईका सामग्री एवं खेलकुद सामग्रीहरु वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले नवौं वार्षिकोत्सवको अवसरमा संस्थाको प्रगती र उन्नयनको शुभकामना व्यक्त गर्दै एशोसिएसनले गरेको सामाजीक कार्यको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।
उनले लेखनाथ उद्योग वाणिज्य संघले समेत शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिने गरेको यि क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्ने गरेको वताउँदै सामुदायीक विद्यालयहरुमा शिक्षाको गुणस्तर वृद्धिका लागी पहल गर्ने वताएका थिए ।
उक्त अवसरमा पोखरा महानगरपालिकाकी कार्यपालीका सदस्य भिमकुमारी गर्बुजा पुनले भौतीक विकासमात्रै विकास नभएकाले शिक्षाको विकासलागी राज्यले ध्यानदिनुपर्ने र यसका लागी सम्बन्धीत निकायको ध्यानाकर्षणको लागी पहल गर्ने विश्वास व्यक्त गरीन ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद सुवेदीले एशोसिएसनले गरेको सहयोगका लागी आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले सामदायीक विद्यालयहरुमा शिक्षण सिकाई क्रियाकलाप एवं शिक्षाको गुणस्तरमा सुधार ल्याउन उल्लेख्य भुमिका खेल्ने वताउँदै सहयोग सही सदुपयोग हुने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
यस्तै एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र ओझाले व्यवसायीहरुका लागी अहिले प्रतिकुल अवस्था भएपनि सामाजीक उत्तरदायित्व अन्र्तगत सामाजीक कार्यमा संस्था सक्रिय हुँदै आईरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिईने वताएका थिए ।
भक्त बहादुर केसीले विषम परिस्थीतीका बाबजुद व्यवसायीहरुले सामाजीक उत्तरदायीत्व वहन गर्ने गरेको वताउँदै एशोसिएसनले लेखनाथ उद्योग वाणिज्य संघमा आवद्ध वस्तुगत संघमध्यकै उत्कृष्ट भएको दावी गरे । उनले विद्यालय बक्तिमुनीको अध्यारो जस्तो भएको र स्तरीय भौतीक संरचना भएर पनि उचीत सदुपयोग हुन नसकेको आफुलाई अनुभुति भएको वताए ।
संस्थाका अध्यक्ष ऋषिराम जमरकटृेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष अर्जुन पँगेनी र कार्यक्रमको सञ्चालन महासचिव नवराज तिवारीले गरेका थिए ।
Discussion about this post