• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सोंथर बेँसी टारी बजार मेला २०७९ को आयब्यय सार्वजनिक

Lekhnath Khabar by Lekhnath Khabar
June 8, 2023
in समाचार, स्थानीय
0
0
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter
सोंथर बेँसी विकास समितिको आयोजनामा २०७९ फागुन १ , २ र ३ गते सम्पन्न एतिहासिक सोंथर बेँसी टारी बजार कृषि ,पर्यटन, खेलकुद तथा संस्कृति मेला को आयब्यय सार्वजनिक गरिएको छ । पोखराको नादा तमु समाजमा मेलाका सहयोगी दाताहरु, आजीवन सदस्यहरु, साधारण सदस्यहरु सहभागी एक कार्यक्रम विच आयब्यय सार्वजनिक गरिएको हो ।
कुल आम्दानी ७ लाख ४६ हजार ४ सय ५८, कुल खर्च ६ लाख ७४ हजार ८० र बचत ७२ हजार ३ सय ७८ रहेको सम्पुर्ण विवरण समितिका कोषाध्यक्ष रमा क्षेत्रीले प्रस्तुत गरेकी थिइन् ।
सार्वजनिक कार्यक्रम संगै मेलामा सहयोग गरेका केहि छुट्न पुगेका सहयोगीहरुलाई सम्मान गरिएको थियो भने सो मेला साथै सोंथर बेँसी लगायत त्यस क्षेत्रको प्रचारप्रसार गर्न मिडिया क्षेत्र बाट महत्वपुर्ण भुमिका खेलेको भन्दै समितिले पोखराका अग्रज पत्रकार रास्ट्रन्युज डट्कमका नबिन सिग्देल, नेपालय न्युजका मनोहरी पौडेल, रेडियो लेकसिटीका बुद्धि सुनार, युनाइटेड्खबरका राजबहादुर गुरुङ लगायत लाई सम्मान समेत गरिएको थियो ।
कास्कीको मादी गाउँपालिका वडा नं. ८ नागीधार पाखुरीकोट र वडा नं. १० को भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सो बेँसीमा लामो समयपछि पुन मेला आयोजना गरिएको हो । झन्डै ३५ वर्स पहिले त्यस भेककै प्रख्यात रहेको उक्त मेला पुन आयोजना गरिंदा स्थानीय निकै उत्साहित भएका थिए ।
कृषिको निकै सम्भावना रहेको ठाउँ हो सोंथर बेँसी । लामो क्षेत्रफलमा फैलिएको सो बेँसीको सिरानदेखि पुछारसम्म नजिकै बगेको वार्दी खोलाको पानी जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ । सो ठाउँलाई कृषि पर्यटनको रुपमा प्रवर्धन एवम् विकास गर्ने उदेश्यले सोंथर बेँसी कृषक समुह र सोंथर बेँसी विकास समिति विधिवत रुपमा दर्ता गराइ समिति सोहि अनुरुप लागिपरेको सोंथर बेँसी विकास समितिका अध्यक्ष तथा मादी -८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङले बताए ।
पर्यटनको प्रचुर सम्भावना बोकेको लम्तरी र सबुपोखरी डाँडाको फेदमा रहेको सोंथर बेँसी क्षेत्र लाई कृषि पर्यटन को रुपमा विकास गराउन सकेमा सो बेँसी मात्रै नभएर त्यस आसपासका गाउँठाउँहरुलाई चिनाउन समेत सोंथर बेँसी माध्यम बन्न सक्ने गुरुङ्ले बताए । सोंथर बेँसी पुगेका पर्यटक हरु नजिकै रहेको नागीधार पाखुरीकोट भाचोक गाउँ, त्यस्तै लम्तरी, सबुपोखरी जस्ता एतिहासिक ठाउँहरुको स्थलगत भ्रमण गर्दै क्रपुडाँडा समेत पुग्न सकिन्छ भने सोंथर बेँसी नजिकै बगेको वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द समेत लिन सकिन्छ ।
पहाडी गाउँतिर यति ठुलो क्षेत्रफलमा फैलिएको, पानीको स्रोत प्रसस्तै भएको साथै रमाइलो समेत रहेको बेँसी कमै छ । सो बेँसीमा हाल केहि कृषक हरु माछापालन ब्यवसायमा समेत आबद्द छन् भने बेँसीमा केहि होमस्टे तथा फार्महाउस समेत सन्चालन रहेका छन् । पोखरा बाट ३० किमि दुरीमा पर्ने सो बेँसी पुग्न पोखरा -२६ बिजयपुर बाट कालिका सौरे भगवती टार थुम्सीकोट मकैंखोला कयारे ढोडेनी लुम्दी हुँदै सजिलै पुगिन्छ ।
सो मेलाले समग्र त्यस क्षेत्र कै प्रचारप्रसार गरेको भन्दै मेला निरन्तर रुपमा प्रत्येक वर्स आयोजना गरिनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङको अध्यक्षता सम्पन्न सो सार्वजनिक कार्यक्रममा विश्वकर्मा एकता समाज नागीधारका अध्यक्ष मिलन बिक, पाखुरीकोट युके परिवारका पुर्व अध्यक्ष खिम बहादुर गुरुङ, पत्रकार एवम् नेपाली कांग्रेस कास्कीका जिल्ला सहसचिव नबिन सिग्देल, प्रभात आवि पाखुरीकोट नागीधारका पुर्व प्रधानध्यापक डम्बर जङ गुरुङ लगायतले मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन समितिका सचिव डील्लीराज गिरिले गरेका थिए ।
Previous Post

बेगनासतालमा बराह मन्दिर निर्माणले गति लियो

Next Post

धार्मिक पर्यटकिय स्थल वराहक्षेत्र तथा बेगनासकोट वर्तमान र भविष्यः

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
धार्मिक पर्यटकिय स्थल वराहक्षेत्र तथा बेगनासकोट वर्तमान र भविष्यः

धार्मिक पर्यटकिय स्थल वराहक्षेत्र तथा बेगनासकोट वर्तमान र भविष्यः

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?